हाम्रो दायित्व

  • बिहिबार, भदौ १०, २०७८
हाम्रो दायित्व

आज देशमा राजनीतिक प्रधुष्ण यति धेरै फैलियो कि कस्ले के को लागि राजनीति गरेकोछ त्यसबारे भन्न सिकिदैन।घर घरमा पार्टीहरु छन पार्टीहरुमा पनि ब्याक्तिगत आकंक्षा गुट उप गुट आदिले झनै गम्भिर अबस्था सिर्जना गरेकोछ।आफ्नै घरमा भाई भाईका बेग्ला बेग्लै पार्टीछन।
पार्टीको निर्देशन सर्वहाराकर्ण गर्नेछ तर पार्टीका नेताहरु धनि कसोगरि बन्ने खेलमा देखिन्छन।कसैले प्लाटिंग गर्छन,कसैले ठेक्का बट्टा गर्छन कोई आई एन जी ओ त कोई एनजिओ मा सलङ्गनछन।के नीति मात्रै ठिक भएर पार्टी बलियो हुन्छ वा संगठनको बिकास हुन्छ भन्ने कलपना गरेर मात्रै त हुँदैन।पार्टी का कयौँ झोलेहरु लाई पनि धनि बन्ने सुख सुबिधा लिने रहर पलाउँदै गएकोछ।कतै कुनै काम आई पय्रोभने त्यसको फाईदा बेफाईदा बारे अट्कल गरेर मात्र काम गर्ने पार्टीहरुको नीति बन्दै गयो।चन्दा मागेको ति गरिब मज्दुर सँग उपाए लागेन भने बचेको रकम झोलेहरुले फट्के सहयोग भनेर पनि हत्थाउँछन।
हामिलाई पनि लगभग संगठनको चारदसक बाटको अनुभवछ संगठन चलाउँनको लागि निस्वार्थ समाज सेवा गर्नुपर्छ र मात्र जनता संगठनको बिस्वास गर्छन र त्यसरीनै संगठनको बिकाश हुन्छ।हाम्रो फिल्ड वर्क गर्दा सकेसम्म कुनै जाने अन्जानेमा पनि गलति नहौश भन्नेबारे अत्यान्तै हामि सजग हुनुपर्छ।काम पछि त्यसको शमिक्षा गर्ने गर्नु पर्छ ताकि त्यो काम गर्दा हामि बाट कतै भुल भयो कि? त्यसबारे ब्यापक छलफल हुन्छ र मात्र त्यो काम सफल वा बिफल हुनुमा यिनै बिचार दोश वा गुणका श्रोतहुँन भन्नेबारे जानकारी हुँनुपर्छ।
कार्याक्रताले संगठनको सम्पत्तिलाई आफ्नो सम्पत्ति भन्दा बढि मायाँ गर्थे र अदि आफु बाट नोक्सान भयकोछ भने त्यसलाई पुर्ति गर्नेगर्थे।जनतामा आई परेका समस्यहरुको निवारण गर्न जाँदा ईमानदारिका साथ एक रुपाया पनि उस्को नोक्सान गर्नु गलत हुन्थ्यो बरु आफ्नै लगानिमा त्यो काम पुरागरिन्थ्यो।त्यसरी त्यो ब्याक्ति खुसि भएर आफै संगठनलाई सहयोग गर्थ्यो।हामिलाई शंझनाछ कयौँ पल्ट भोकै स्टेशनमा रात गुजारेको,त्यस्तो पनि दिन थियो कसैले झोला राख्ने ठाउँ समेत दिन डराउँथे।संगठनले निस्वार्थ जनताको सेवागरेपछि उनै ब्याक्तिहरुले संगठनलाई आँखाको नानि बनाए।कार्यक्रताहरुले घाम पानि चिसो तातो नभनि स-साना बालाख लाई काखमा उचालेर डोराएर बोकेर जुलुसहरुलाई सफल पार्थे।तर कहिले मलाई भोक लाग्यो मेरा बच्चाहरु बिमार परे भनेर भनेनन्।
कार्याक्रताहरुको त्याग र बलिदानको परिणाम संगठनको बिकाश हुन्छ।अनि जनतालाई सधैभरी संगठनको बिस्वास हुन्छ।
भारतमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको एती ठुलो र ऐतिहाशिक त्याग बलिदानको श्रृखंलाछ त्यसलाई यो सानु लेखमा उल्लेख गरेर न्याय दिन सकिनेछैन।
भारतमा रहेका तमाम नेपाली कामदारहरुको बिचमा पुगेर संगठनले जुन प्रकारको निश्कलङ्क छबि बनाउँन सफल भएको थियो साहेद कुनैअरु संगठनमा त्यस्तो लोह अनुसाशन थिएन।नेपाली माथि कुनै घटना घट्यो भने सबै नेपालीहरु जो संगठनका कार्याक्रता नेता र सदस्य समेतले आ-आफ्ना काम छोडेर त्यो काम सफल पार्न कमर कस्थे र त्यो कार्यमा हामि सफल हुने गर्थ्यौँ।
आर्काको देशमा रहेका नेपाली श्रमजीवीहरु ईमान्दार अनुसासित र लडाकु भएका कारणले गर्दा स्थानिय जनताहरुको समेत ब्यापक समर्थन हुनेगर्थ्यो।कुनै नेपाली कामदारलाई स्थानिय धनी शोसकले गरेको दमनको बिरुद्धमा लड्दा हामिलाई जनताको समर्थन नहुँनेहो भने हामिले मात्र त्यसको समाधान खोज्न गारो हुँनेथियो।किन कि स्थानिय धनीले प्रसाशनलाई आफ्नो हातमा लिन बेरलाग्दैन।
त्यो सँग पैसाछ नेताको समर्थन पनिछ प्रसाशन उसैको हातमाछ तर पनि नेपालिहरुमा गरेको अन्याय अत्याचारको बिरुद्धमा संगठनले जँहा जँहा हात हाल्यो लगभग जित भयो।किन भने जनताको अगाडि मुट्टिभर सोशक फटाहको केहि चल्दैन।संगठनमा अनुसाशन हुन्छ एकता हुन्छ र स्थानिय जनताले पनि साथ समर्थन गर्छन भने कसरी हार हुन्छ।
स्थानिय जनताको समर्थन बाट हामिले भारतमा ठुल ठुला केसहरुलाई समाधान गरेकाछौँ रोतकको बलत्कार पछिको हत्याको मामिलामा दोशिहरुलाई काराबाशको सजाए र पंजाब लोंगोंवालको लाल बहादुर विस्वक्रमाको हत्याराहरुलाई कारबाई गर्ने जस्ता तमाम समस्यहरुको समाधान स्थानिय जनताको सहयोग बनाएर सफल हुने थिएनन।हेमराज आरुसिको हत्यको मामिलाले दुनियाँ हिलाएको थियो।सबैजसो घटनाहरुलाई मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले सहिरुपमा समाधान गर्न सफल भयको थियो।यि सामन्यातः प्रतिनिधि मुलक घटनाहरुलाई उधारणको रुपमा लिएकाछौँ।यस्ता कयौँ घटनाहरु बिदेश स्थित नेपालिहरुमा दिनौ आई पर्छन।बिना एकता बिना अनुसाशन यस्ता लडाईहरुमा विजय हुँदैनथ्यो।हामिले राम्रो समाज सेवाको कामलाई निस्वार्थ रुपमा गर्दा गर्दै पनि कयौँ पल्ट राजनीतिका झोलेहरुले संगठनलाई गुटगत स्वार्थका निमित्त फुटमा तान्ने र ढेकल्ने कामहरु हुँदै आएकाछन।संगठनमा गुट र वेगवाईटिङ्ग जस्ता अनाब्यस्याक गतिबिधि हुनथाल्यो भने संगठनलाई ठुलो नोक्सान हुन्छ।
आज पनि संगठनमा यस्ता निस्वार्थ कार्याक्रताहरु छन त्यसैको कारण संगठन चलेकोछ।बेलाबखतमा संगठनभित्र गुट फुट हुँदै आएपनि जीवन शर्मा ज्युको एउटा गितले भनेको जस्तै”पिलो निचोरेर ओजन घटेको हुँदैन”चितर्ण भयकोछ।संगठनलाई फुटेर कयौँ पल्ट साथिहरु गएपनि बचेका साथिहरुले संगठनको स्तरलाई कम्जोर हुँनदिएकाछैनन्।तर पनि साथिहरु जाँदा दुःख त हामिसबैलाई हुन्छ।एक एक कार्याक्रता तैयार पार्दा संगठनको ठुलो लगानि लागेको हुन्छ।संगठनले सदैभरी कार्याक्रता निर्माण गर्ने अनि त्यैयार भएकाहरु फुर्फुर उडेर जाँदा दुःख पनि लाग्छ।कसैलाई पनि संगठनमा अनुसाशनको पनि उत्तिकै महत्वपुर्ण आबस्याकता हुन्छ हामि सबैले संगठनलाई पहिलि जस्तै हामि नभय सँगठन चल्दैन भनेर कार्यक्रताहरु अगाडि सर्नुपर्छ।नीति सिधान्त मा बाँधिएर अनुसाशित रुपमा लगातार शंघर्ष गर्नुपर्छ।भागेर हताश भएर कसैको बहेकावमा आएर आफ्नो लामू समय सम्म दिएको योगदानलाई खेरा नफालौँ।साथिहरु अहिले पनि केहि बिग्रिएकोछैन भत्किएकोछैन हामि सबैको एउटै उदेश्यहो एउटै लक्षहो भने भारस्थित नेपालीहरु एउटै झण्डाको मुनि गोलबन्द भएर शंघर्ष गर्नुपर्छ।
हामिलाई भारतमा संगठन नभएर बाँच्नुछैन माछालाई पानी जस्तै मानिशलाई संगठनको खाँचोपर्छ।परदेशमा त अँझ बढि संगठनको आबस्याकताछ।देशमा रहेका बिनानीतिका राजनीतिक पार्टी संगठनहरु कथित छदम भेशिहरु सँग साबधान रहेर संगठनको मर्म बुझेर एकमना एकता गरेर जानुपर्छ।
हाम्रो हाथियार भनेको एकता र अनुसाशनहो त्यसैले अनुसाशित रुपमा एकढिक भएर अगाडि बढौं।

चर्चामा

सम्बन्धित समाचार