सदैभरी नेताहरुको ठिक ब्यबहार हुँनुपर्छ,
मन मष्तिकमा पनि जन कार्यभार हुँनुपर्छ।
जनता र देशको लागि काम गर्नेको मनमा,
राष्ट्रीयता जनतन्त्रको गहिरो प्यार हुँनुपर्छ।
उनै बाट जनताले सिक्न पाउँन देशभक्ती,
त्यसै पनि नेता त न्यायकै औतार हुँनुपर्छ।
चाल चलन र बोलि ब्यबहारमा पार्दर्शिता,
दुश्मनहरुको लागि समेत खुँखार हुँनुपर्छ।
झिङ्गा धपाउँनेहरु पनि पुग्छन शिखर मा,
तर बेला बखतमा त्यो नाङ्गे झार हुँनुपर्छ।
ठिक र बेठिक छुट्याउँन नसक्नेहरु नेता
त्यहि सधै मन मष्तिकको बिमार हुँनुपर्छ।