• होमपेज
  • कला /साहित्य
  • म खोज्दैछुँ जनक्रांति को मैदानमा हराएको मान्छे।

म खोज्दैछुँ जनक्रांति को मैदानमा हराएको मान्छे।

  • आइतवार, भदौ ६, २०७८
म खोज्दैछुँ जनक्रांति को मैदानमा हराएको मान्छे।

म खोज्दैछुँ जनक्रांति को मैदानमा हराएको मान्छे।
संसारभरिको मजदुर ज्यामिले मनपराएको मान्छे।

जस्तै अबस्थामा पनि जोस जाँगर सँग अंघि बढोश,
देश बिदेश एकता को शंदेश बोकेर कराएको मन्छे।

राष्ट्रीयता जनतन्त्र जनजीवीकाकै निमित्त शंघर्षरत,
अथक यात्रि जो ज्वाहारभाटासँग नडराएको मान्छे।

म आफ्नै ओरिपरी खोज्दैछुँ त्यो कर्णधार देशभक्त,
क्रान्तिकारी बिचरा मन मष्तिकमा भराएको मान्छे।

प्रतिकुल परिस्थितिमा समेत खट्न सक्ने हथियार,
एकताको झण्डा लाई सदैभरी फरफराएको मान्छे।

अब फेरी क्रान्तिको कमान न छोपोश त्यो मान्छे ले,
चिन्नुछ हिँजो हजारौँ निर्दोश जनता मराएको मान्छे।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार