बाजुरा — जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाका नौ ओटै स्थानिय तह नागरिकहरुलाई अफगानिस्तानमा रहेका नेपालीहरुको बिबरण उपलब्ध गरीदिन हुन अनुरोध गरेको छ ।
नेपाल सरकारको अफगानिस्तानमा रहेको नेपालीहरुको सुरक्षित उद्धारको लागि औपचारिक तथा अनौपचारीक रुपमा गएका नागरिकहरुको बिबरण संकलन गरेर जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गरि दिन दिन बाजुरा जिल्लाका सबै स्थानिय तह तथा नागरिकहरुलाई जानकारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताएका छन् ।
सुक्रबार एक पत्र सर्बजनिक गर्दै बिबरण संकलन गर्न प्रशासनले अनुरोध गरेको भण्डारीले बताए । फगानिस्थानमा रहेका परिवारले स्थानिय तह वा नजिकैको प्रहरी चौकीमा जानकारी गराउन अनुरोध गरिएको उनले बताएका छन् ।