परदेशमा गएका सदैका लागि वेघर भएपछि,
मान्छेहरु मोर्दो ज्युँदो समेत वेखबर भएपछि।
कता जाने खोज्न लापत्ता देशबाशीहरु लाई,
आफ्नै सन्तान हो भन्ने पक्का सदर भएपछि।
कयौँ छन न घरका न घाटका बनाईएका हरु,
सरकार आफैपनि अनुदानमा निर्भर भएपछि।
के लाग्छर जनताको सडक तताए पनि हुँदेन,
जन आवाजनै सरकारलाई वेअसर भएपछि।
देश त चल्थ्यो आत्म निर्भर भए स्वर्ग जस्तो,
जनता र सरकारलाई आपसमा डर भएपछि।
गास बास र कपासको ज्ञारन्टी गरेर देशभित्र,
सदै भरी भ्रष्टचार मुक्त गाउँ र सहर भएपछि।
सुरेशकुमार पान्डे।