शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • बझाङ र दार्चुलाका सुर्मा देवीका आलिपालिले मनाए उबासु पर्व , भोलिबाट सुर्मा सरोवरको यात्रा सुरु हुँदै

बझाङ र दार्चुलाका सुर्मा देवीका आलिपालिले मनाए उबासु पर्व , भोलिबाट सुर्मा सरोवरको यात्रा सुरु हुँदै

  • शुक्रबार, भदौ ४, २०७८
बझाङ र दार्चुलाका सुर्मा देवीका आलिपालिले मनाए उबासु पर्व , भोलिबाट सुर्मा सरोवरको यात्रा सुरु हुँदै

शिवजी मण्डेल/बझाङ  — बझाङ जिल्लामा लाग्ने सुर्मा देवी बिरीजात मेलाको आज एघारौं दिनमा सुर्मा देवीका आलिपालिले उबासु पर्व मनाएका छन् ।
श्रावण महिनाको औंसीबाट सुरुभएर पुर्णिामा सम्म लाग्ने सुर्मा देवी बिरीजात मेला बाँधा सुरुभएको एघारौं दिनको एकादसीका दिन आज भदौ ३ गते उबासु पर्व मनाइएको हो ।
बिहानै उठेर धारामा गई स्नान गरि त्यसपछि घर फर्केर विभिन्न किसिमका खाने परिकारहरू पकाउने गरिएको छबिस पाथिभेरा गाउँपालिका ७ का स्थानीय सुरेश मण्डेलले बताए ।
त्यस्तै अर्का स्थानीय राजन मण्डेलका अनुसार बिहान खाने परिकार पकाइ सकेपछि गाउँभरिका सुर्मा देवीका करियाहरू दैपाण भनिने देउघरमा जम्मा भइ पूजापाठको सामान सहित ढाँका लिएर सुर्मा देवीको मन्दिरमा गई पूजापाठ गर्ने गरेको पाइएको छ ।
उनले भने मन्दिरमा जाने भक्तजनहरू व्रत बस्नाले मनले चिताएको वर माग्दा मिल्ने गरेको छ ।
यस पर्वमा चेली बहिनी माइतीघर आउने मनमा लागेको वर मान्ने गरेको पनि पाइन्छ ।
पूजापाठ गरिसकेपछि मन्दिरबाट घर फर्किने घरमा पनि पूजा गर्ने र बिहान पकाएको खाने परिकार खाने गरेको छन् ।

त्यस्तै सुर्मा गाउँपालिकामा पनि सुर्मा देवी बिरीजात मेलालाई आज थकुन्नाडामा रहेको दैपाण भनिने देउघरमा सुर्मा देवीका आलिपालि जम्मा हुने गरेको सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पूर्ण बोहराले बताएभयो ।
उनका अनुसार आलिपालि आज दिउँसो ३ बजे गाउँ माथि रहेको धल्देउको मन्दिरमा खर्क गोठालो जाने गरिएको छ ।
धल्देउको मन्दिरमा पूजापाठ गरिसकेपछि गोठालो खर्कबाट फर्किएर थकुन्नाडामा रहेको देउघरमा जम्मा हुने रातभरि जाग्राम बसी रतेडी मनाइने गरिएको छ ।
आज रातभर सुर्मा देवी जन्मे देखी सुर्मा सरोवर ताल पुग्नसम्मका देउघरमा फाग गाइने भाडिखेल, ढुस्का गीत गाइने भोलाउली धमाडी गाइने गरेको सुर्मा गाउँपालिकाका ४ का लागाँ देवता काप्ने महन बोहराले बताए । उनलेे भने आज रातभर फाग भाडिखेल ढुस्का भालाउली धमाडी गाउँदै काट्ने र भोलि बिहानै चाभाइ लगाउँदै बाहिर निस्कने गरिएको छ ।

सुर्मा देवीका आलिपालि घट्टे खोरी ल्वाडा बिजाडा बान्निकोट मन्डी धामीलेक सेलागाउँ लगाएतका आलिपालि भोलि बिहानै उठेर सुर्मा देवीको मन्दिरमा पूजाआजा गरि सुर्मा सरोवर जाने थिर्थालु भक्तजनहरू सुर्मा सरोवरको यात्रामा लाग्ने गरेका छबिस पाथिभेरा गाउँपालिका ७ का वडा अध्यक्ष पदम बहादुर मण्डेले बताए ।
यस्तै बझाङमा मात्रै नभएर दार्चुलाका सुर्मा देवीका आलिपालिले पनि उबासु पर्व मनाएका छन्

चर्चामा

सम्बन्धित समाचार