• होमपेज
  • कला /साहित्य
  • उनिहरुको पहिले लागेको आदत्त छुट्ने भैन,

उनिहरुको पहिले लागेको आदत्त छुट्ने भैन,

  • बुधबार, भदौ २, २०७८
उनिहरुको पहिले लागेको आदत्त छुट्ने भैन,

उनिहरुको पहिले लागेको आदत्त छुट्ने भैन,
वेमानी गर्ने उनिहरुको त्यो बिगत छुट्ने भैन।

जुन दलदल बाट निकाल्यौँ त्यसैमापरे फेरी,
उनिमा रहेका कमि एक प्रतिसत छुट्ने भैन।

यँहा त राष्ट्रीयता र जनतन्त्रको सवाल हुँदा,
तिनको लेडिढिपी गर्ने त्यही मत छुट्ने भैन।

दुनिया चन्द्रमामा पूग्यो विज्ञानमा टेके पछि,
हाम्रो समाज भित्र रुढिवादी लत छुट्ने भैन।

ठुलठुला घाउँ निको हुन्छ उपचार भएपछि,
देशमा त सदै भरी त्यो वेईज्जत छुट्ने भैन।

भन्छन अहिले पनि बोक्सि लागेर मय्रो त्यो,
अन्धबिस्वाशको उन्लाई जरुरत छुट्ने भैन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार