बाजुरा — शिव खनाल, भाद्र २ । विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको सुदुरपश्चिम प्रदेश भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा मंगलबार सम्पन्न भेलाले कैलाली लम्कीचुहाका स्रष्टा आर्त अकुलीनको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिपेश उपाध्याय समर्पण बाजुरा र नरेन्द्र बिष्ट समाकुल बझाङ्ग, महासचिव आशा साकी बलायर डडेल्धुरा, सचीव बालकृष्ण खनाल कैलाली र कोषाध्यक्ष गीता स्मृति डोटी चयन हुनुभएको छ । सदस्यहरुमा भुपेनद्र बुढा बाजुरा, गौतम सरोवर रावत अछाम, सञ्जिबराज जोशी विवश कञ्चनपुर, उर्मीला न्यौपाने कैलाली, सदस्य-बिरेन्द्रवप्रसाद जोशी बझाङ्ग रहनुभएको छ भने समितिको संयोजक शाही सुरेन्द्र ‘गुलाब कान्छो बाजुरा रहनुभएको छ । सल्लाहाकार समिति कार्यसमितिको बैठकले चयन गर्नेछ ।
कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले संस्थाले केन्द्र र मोफसलको विभेदलाई हटाई सबै सर्जकहरुलाई समान अवसरको प्रदान गर्न कार्य गर्ने बताउनुभयो ।
विश्वभरि रहनुभएका नेपाली भाषा साहित्यमा लाग्नुभएका स्रष्टा एवम् पाठकहरूलाई जोड्न खोजेको बताउनुभयो । नेपालबाट शुरुवात भएको यो अभियानले नेपाली भाषा साहित्यको समग्र विकासका लागि कार्य गर्ने कुरा बताउनुभयो । प्रतिष्ठानका केन्द्रीय सल्लाहकार डा बम बहादुर थापा जितालीले संस्थाले नेपाली भाषा साहित्यको विकासमा उल्लेखनीय कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले स्रष्टाहरुले विभिन्न तरिकाले पाठकहरु खोज्नुपर्छ भन्नुभयो । यो अभियान नेपाली साहित्यको लागि धेरै महत्त्वपूर्ण रहने कुरा बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष पुष्कर राज रेग्मी, कोषाध्यक्ष सुधा बास्कोटा ढकाल, सहसचिव सविता केसी, प्रदेश १ अध्यक्ष निरु गौतम, गण्डकी प्रदेश अध्यक्ष, लक्ष्मी प्रसाद मिश्र, लुम्बिनी प्रदेश अध्यक्ष भावना खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
नवनिर्वाचित अध्यक्ष अकुलीनले आफुले पाएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने कुरा बताउनुभयो । वहाँले संस्थाको उदेश्य प्राप्तिको लागि सम्पुर्ण सदस्यहरु एक भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बालकृष्ण खनाल, बाल कुमार क्षेत्री, चन्द्रावती अधिकारी, उर्मिला न्यौपाने, सीता विष्ट कार्की, लगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियोे ।
कार्यक्रम प्रतिष्ठानका सुदुरपश्चिम प्रदेश संयोजक सुरेन्द्र शाही गुलाब कान्छोको अध्यक्षतामा रहेको थियोे । उहाँले विश्व नेपाली साहित्य प्रतिष्ठानको उदेश्य प्राप्तिको युवा जोशजाँगरका साथ कार्य गर्ने बताउनुभयो । साथै कार्यक्रममा सहभागीलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमको संचालन विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय महासचिव शिव खनाल जीवमले गर्नुभएको थियोे ।