बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • अफगानिस्तान बाट नेपालीलाई तुरुन्तै ल्याउन सरकारलाई अपिल गर्दछु

अफगानिस्तान बाट नेपालीलाई तुरुन्तै ल्याउन सरकारलाई अपिल गर्दछु

  • सोमवार, साउन ३२, २०७८
अफगानिस्तान बाट नेपालीलाई तुरुन्तै  ल्याउन सरकारलाई अपिल गर्दछु

अफगानिस्तानको विद्रोही संगठन तालिबानले अफगानिस्तान आफ्नो कब्जा मा लिए संगै हाम्रा नेपाली दाजुभाइ दिदिबहिनी अलपत्र पर्नु का साथै जीवन मरण को दोसाँधमा रहेको समाचार माध्यम मा छ्यापछ्याप्ती देखिरहेको छ।धेरै देश हरु ले आफ्ना नगरिक लाई सैनिक सुरक्षा सहित आफ्नो देस पुर्याइसकेको छ।

यसआपातकालीन अबस्थामा यो सरकार का लागि सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहरुको सुरक्षा र ऊद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्।हामी गरिब छौ हाम्रो देस गरिब छ,यश कारण पनि अफगानिस्तान मा रहनु भएका हाम्रा नेपाली नागरिक जोखिमपुर्ण र कष्टकर समय झेलिरहेका छन।

बिधोङ्सकारी तालिवान ले विदेशी नागरिकलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठुलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गरेर अर्को चमत्कारि कार्य यो सरकार का सुभचिन्तक लाई खुसिको खबर ल्याउन हुन हार्दिक अपिल गर्दछु।

दुई तिहाइ को जम्बो जेट विमान को दुई पाइलटे सरकार ले गरेका ज्याजती का विरुद्ध।सुखी नेपाली समृद्ध नेपाल को नारा बोकि अर्थतन्त्र मा लुट,पाट मचाएका विरुद्ध।रुन त कुरै छोडौ,हास्न पनि न पाउने शासन सत्ता लगायत का घटना क्रम का बिरुद्ध लड्न सक्ने क्षेमता मात्रै कांग्रेस संग भएको हुदा संबिधान को मर्म र भाव को कदर गर्दै चुनौती पुर्ण समय र परिस्थिति लाई समाल्नु भएको मा मेरो आदरणीय पाटी सभापति तथा रास्ट्र कै पांचौ प्रधानमन्त्री सेर बहादुर देउवा प्रती आभार व्यक्त गर्दछु।

No description available.

कार्यकाल को सुभकामना पनि व्यक्त गर्दछु!!सरकार मा नेपाली कांग्रेस लगायत को गठबन्धन भए पनि सांचै यो समय निकै चुनौती पुर्ण छ!दुई तिहाइ ले भताभंग गरेका का सबै क्षेत्र लाई पुन निर्माण तिर लैजानु छ,यो सरकार ले गरेका महत्वपूर्ण एक पछि अर्को निर्णय ले गर्दा जनता ले ताली बजाउदै खुसी मनाएको को र सरकार ले स्याबासी पाइरहेको भनिरहनु पर्दैन,जस्तै निर्णय १-खोप,खोप खोप,२कुलमान घिसिङ को नियुक्ति।

जस्ता जनता मुखी निर्णयले निकै हाइ हाइ छ,सरकार ले आफ्नो नागरिक को ज्यु,जन,धनको सुरक्षा गर्नु सबै भन्दा पहिलो कर्तव्य हो! यो सरकार ले कसै संग जुहारी खेल्दै र उखान उडाउदै बस्ने समय होइन सरकार!संम्मेमित भएर काम कर्तव्य र बिकास का कार्य मा रेस्लिङ खेल्नु जरुरी देखिन्छ।

चर्चामा

सम्बन्धित समाचार