१. शुद्ध राखौँ चरित्र
गासौँ साइनो पवित्र
नजलौँ कोही भित्रभित्र ।
२. पत्रु खाना खाँदैछौँ
कोठे युगमा जाँदैछौँ
खोइ राष्ट्र ! कता लाँदैछौँ ?
३. सत्ताको चुरिफुरी
विधान मिची त्यसरी
संवृद्धि आउला कसरी ?
४. प्रिय बोलौँ भेटमा
ममताको गासौँ माला
नराखौँ ईर्ष्या हृदयमा ।
५. अकर्मण्य बनेर
पाइन्छ भिक्षा भनेर
नथापौँ सुनको कचौरा ।
६. मनमा डाह भयो
चोट पछि थाहा भयो
घाउ कति दुख्दो रहेछ !
७. बिझ्ने ती काँडासरी
अग्निज्वाला दन्केसरी
नबोलौँ अप्रिय त्यसरी ।
८. नप्युँनू है जहर
सर्वत्र उस्तै कहर
ग्रस्त छ है गाउँ सहर ।
९. गर्दैन सत्ता कर्म
सुध्रेला कहिले जगत् ?
बलिदान जान्छ कि फगत् !
१०. बाँडौँ स्नेह सबले
ज्योतिको पङ्ख उचाली
मधेसी ,पहाडी, हिमाली ।