मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • कांग्रेसमा झ्यालबाट छिरेर धुरी चड्ने अधिकार कसैलाई छैन – नेता रावल

कांग्रेसमा झ्यालबाट छिरेर धुरी चड्ने अधिकार कसैलाई छैन – नेता रावल

  • आइतवार, साउन ३१, २०७८
कांग्रेसमा झ्यालबाट छिरेर धुरी चड्ने अधिकार कसैलाई छैन – नेता रावल

बाजुरा — नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको साउन २३ गतेको बैठकबाट पाटिको केन्द्रिय महाधिवेशनको मिति परिमार्जित गरि नयाँ मिति सार्वजनिक गरिएको छ। केन्द्रिय कार्यसमिति बैठक अनुसार क्रियाशिल सदस्यता सम्बन्धि देखिएका विवादलाई भदौ २ गते भित्र टुंगो लगाएर भदौ १८ बाट वडा अधिबेशन हुँदै मंसिर ९-२३ गते सम्म केन्द्रिय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक भएको छ।
कांग्रेसको महाधिवेशन सुरु हुँदै गर्दा जिल्लामा रौनक फैलिनु स्वभाबिक नै मान्नु पर्छ । तर केही समय यता बाजुरा जिल्लामा भने कार्यकर्ता तह बाट विवाद सुरु भएर केन्द्रिय नेता सम्म नै पुगेको छ। त्यस बारे जिल्ला नेतृत्व गर्ने भातृ संघहरुले सयुक्त बिज्ञेप्ति निकालिए पनि कार्यकर्तामा त्यो बिबाद कायमै छ।
आइतबार नेपाल विद्यार्थी संघ बाजुराका प्रभाबसाली युबा नेता रुगम रावलले पनि सामाजिक संजाल फेसबुक मार्फत त्यो बारे टिप्पणी गरेका । उनले कांग्रेस प्रजातन्त्र हुँदै लोकतन्त्रको ओकालत गर्ने पाटी भएकाले सबै जना मिलेर अगाडि बढ्न जिल्ला नेतृत्वलाई सुझाब दिएका छन। द्वन्द्वकालमा माओवादी र राजाको कडा शासनको बेला पनि असुरक्षित नबनेको नेपाली कांग्रेसको चारतारे झण्डा र बिधान अहिले आएर जलेको भन्दै यस बारे नेतृत्वले जवाफ दिनुपर्ने माग गरे।
कांग्रेसमा झ्यालबाट छिरेर धुरी चड्ने अधिकार कसैलाई छैन र हुनुपनी हुदैन, यसले हामी जस्ता युवाको राजनीतिक जोशलाइ निराशामा परिणत गर्छ। त्यसैले विवेक प्रयोग गरौ , आफू परिपक्क बनौ र तोकिएकै समयमा महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिउ , यसमै कांग्रेस पाटी र हाम्रो अस्तित्व छ। पाटी अस्तित्व नै नरहे हामी कस्को लागि विवाद गर्दै छौ उनेले भनेका छन ।

चर्चामा

सम्बन्धित समाचार