• होमपेज
  • बाजुरा बिशेष
  • माओबादी केन्द्र बाजुरा वाईसियल संगठन बिस्तारमा

माओबादी केन्द्र बाजुरा वाईसियल संगठन बिस्तारमा

  • आइतवार, साउन ३१, २०७८
माओबादी केन्द्र बाजुरा वाईसियल संगठन बिस्तारमा

निमेन्द्र शाही — बाजुरा जिल्लामा नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल तिब्ररुपमा संगठन बिस्तारमा लागेको छ। सदरमुकाम मार्तडीमा बसेको जिल्ला संगठन कमीटीले बिभिन्न निणर्यका साथ संगठन बिस्तारका कार्यक्रम संचालन गर्ने निणर्य गरेको हो ।
वाइसीएल नेपालका जिल्ला अध्यक्ष दिलिप रोकायाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय अधिबेशनका लागि प्रतिनिधि छनाैट गर्दै जिल्लामा हुँने भ्रष्टाचारका गतिबिधी रोक्न अभियान संचालन गर्न संगठन परीचालन गर्ने, वाइसीयल सदस्यले अनिवार्यरुपमा पेशा ब्यबसाय संचालन गर्ने बताएका छन।, संगठन बिस्तार र सदस्यता बितरण गर्ने र राष्ट्रिय भेलाललाई सफल पार्ने निणर्य गरीएको कुरा वाईसीयल केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज कबिजंङ्ग शाहीले बताए ।

चर्चामा

सम्बन्धित समाचार