• होमपेज
  • विचार/ब्लग
  • देशमा आमूल परिवर्तन बिना भ्रष्टचार मुक्त हुन सक्दैन।

देशमा आमूल परिवर्तन बिना भ्रष्टचार मुक्त हुन सक्दैन।

  • शनिबार, साउन ३०, २०७८
देशमा आमूल परिवर्तन बिना भ्रष्टचार मुक्त हुन सक्दैन।

सुरेशकुमार पान्डे — म लाहुरमा बस्न लागेको चार दशक भन्दा बढि भयो।पर्वाशमा बसेर काम गर्छु त्यो पैसाले घर खर्च जसरी तसरी चल्छ तर मेरो आफ्नै अबस्थामा खासै सुधार आउँन सकेन।यो द्वौरानमा हामिले भारत बाट आउँदा जाँदा बाटोमा कयौं समस्याहरु सँग लड्दै आउँनुपर्छ।
देशमा थोरै धेरै बिकास भएको देख्दा खुसिलाग्छ। अहिले म आउँदा भालुवाङमा एउटा सौचालय बनेको देख्दा खुसि लआग्यो एसो भित्र तिर हेरे भाईर निस्केपछि एउटा ब्याक्ति मेरो पछि पछि आयो अनि सोच गरेको पैसा माग्यो मैले सौच गर्न गएको होईन भाई भने तर त्यसले मानेन अनि किन गएको तेरो बाउको सौचलालयहो भनेर फर्कियो।मलाई त्यो ब्याक्ति लाई सोध्ने मन लाग्यो यसमा पैसा माग्ने तपाईको बाउले बनाएका हुँन भने!उस्ले फटाक सँग भन्यो हो मेरो लगानि लाग्याछ यसमा।
मैले भन्न खोजेको कुरा नेपाली समाज अहिले पनि कतिधेरै असभ्यछ बोल्दा कसरि बोल्ने हेक्का छैन ।हामिले भारतमा नेपालीहरुको बिचमा अनगिन्ति सामाजिक काम गय्रौं समाजमा आई परेका धेरै जसो समस्यहरुलाई आफ्नै पहलमा आर्थिक लगानि लगाएर भएपनि समाधान गर्यौँ।परदेशमा नेपाली अन्यायमा पय्रो भने हामिले त्यो जुनसुकै ठाउँको जुनसुकै जातको भएपनि आफ्नै दाई भाईलाई परेको सम्झेर उनिहरुको उद्धार गर्यौंँ।पर्वाशी नेपालीहरुको लागि मूलप्रवाह अभानेएसको झण्डाको तल रहेर सक्या सम्म समाजिक काम गर्दा हामिलाई आनन्द मिल्छ।अहिले पनि हाम्रो संगठन भारत स्थित नेपालीहरुको लागि बिस्वविध्यालय र अबिभावकको भूमिकामा रहेको संगठनले विस्व बिध्यालयको जिम्मा निर्वहा गरेकोछ।हाम्रो बिचमा स-साना झैझग्डा बाट लिएर ठुला ठुला घटनाहरु पनि आई परेकालाई समाधान गर्न दिनरात आर्थिक भौतिक र नैतिक लगानि गर्यौं।तर हामि जब देश भित्र फर्कन्छौँ हामिलाई हेर्ने दृष्टिकोण यँहाका ब्यपारी जुनसुकै ब्याक्तिको पनि लाहुरेलाई हेर्नुनैछ।
उस्तै बिदेशमा हाम्रो ठुलो लगानिछ जस्लाई संगठित गर्छौँ उनिहरु संगठनमा प्रवेश गर्दा कस्ता खाले हुन भनेर छान्दैनौँ।
संगठनमा बिभिन्न बिचारधारा भएका ब्याक्तिहरु आउँछन संगठित हुन्छन केहि बर्ष संगठनमा सहभागि भएर समाजसेवा गर्छन।यिनै मध्यका कुनै अलिछिट्टै आ-आफ्नो स्वार्थ पुरा नहुने देखेपछि पलायन हुन्छन कुनै कुनै सक्रिय भएर समाजको झण्डा छोपेर अगाडि बढ्छन।यो एउटा जिवित संगठनामा निरन्तर हुनेप्रकृयाहो। हाम्रो संगठनमा पनि त्यो भएकोछ। संगठनमा आएका साथिहरु लामू समय सम्म त्यो टिक्न सक्छ जो निस्वार्थ समाजिक काममा लागेको हुन्छ।केहि स्वार्थ पलायो भने त्यो बिस्तारै पलायन हुने गर्छ वा समाजको नीतिमा बस्न सक्दैन र कार्वाहीमा पनि पर्छन कति पयलाई साधारण कार्वाही समेतलाई झेल्न नसकेपछि उनिहरु आ-फुलाई अन्याय भयो भन्दै सार्वजनिक आरोप प्रतिआरोप लगाउन थाल्छन त्यो अनैतिक कृयाकलाप हो र त्यसलाई संगठनले साधारण सदस्य समेत नरहने गरि कार्वाही गर्छ।के संगठनलाई बनिबनाव संगठनको एउटा खम्बालाई फाल्दा खुसि होला? पक्कै पनि हुँदैन।हाम्रो संगठनमा सन १९७९नोवेम्बर ७तारिख देखि आएका सदस्यहरु लाई समेत हामिले सम्मान गर्छौं।उँहाहरुले संगठनलाई दिनु भएको योगदानलाई पनि हामिले सम्मान गर्दछौँ।
संगठन लाई छाडेर जाने नेता कार्यक्रता सदस्य सबैले आ-आफ्नो ठाउँ बाट संगठनको बिकाशमा ठुलो योगदान नपुराएको भए संगठन यति बलियो हुने थिएन।उँहाहरुको योगदानलाई तहदिल बाट स्विकार गर्दछौं।
उँहाहरु जैल सम्म संगठमा रहनु भयो त्यो बेला सम्म अनुसाशित र समाज सेवामा आफ्नो सहयोग दिनुभयो।अहिले पनि उँहाहरु निस्केपनि निस्कासित भएपनि हाम्रो दुश्मन हुँनु हुँन्न।हाम्रो एउटै बर्गहो एउटै शन्तानहो एकदिन हाम्रो लडाईको मिलन केन्द्रपनि बर्ग शंघर्ष हुनेछ।तै पनि अहिले साथिहरुले जुन प्रकारको समानातरको संगगठन गठन गरेर जुन संगठनलाई नोक्सान पुराउँने काम गर्नु भएकोछ त्यो गलतहो भन्ने कुरालाई जैले सम्म बुझ्नु हुँदैन तब सम्म हाम्रो बिचमा एकताको बलियो संगठन निर्माण हुँनेछैन।आफुले गरेको गलतिलाई आत्मलोचना गरेर पुन संगठित भएर निरन्तर पहिले जस्तै सामाजिक योगदान दिन हुँन नुरोध गर्दछौँ।
संगठनमा लामू समय सम्म काम गरेका साथिहरुमा यस्तो बिचलन आउँनु आफैमा एउटा बिड्म्बनाहो।
हामि सबैको लक्ष उदेश्य एउटैहो समाजभित्र रहेको बिसंगतिहरुलाई हटाउँने देशभित्र आमूल परिवर्तन गर्ने यो कार्य अहिले पनि जस्ताको तस्तैछ।हाम्रो बिचमा बिचलन अबस्था आएपछि हामि आफै कम्जोर भएकाछौँ।बेला बखतमा संगठनमा हुँने टुटफुटले संगठन कम्जोरनै हुन्छ।तर पनि संगठनलाई बिना अनुसाशन गनतब्य सम्म डोराउन सकिदैन।संगठनमा नैतिक रुपमा पनि जोड दिनुपर्छ नैतिक बिचलनले संगठन लाई सखाप पार्छ।हाम्रो संगठन सुरु देखिनै सैधान्तिक रुपमा बलियो छ त्यो हुनुमा सम्झौताहिन शंर्घषकै कारणले हुनुपर्छ।हजारौं हजार कार्याक्रताको लगन त्याग र अनुसाशनको पालनाले गर्दा संगठनको तृवबिकाश भएको कुरा कसैबाट लुकेकोछैन।
भारतमा दिनौं स्थानिय गुण्डा धनन्ढायहरु द्वारा नेपाली श्रमजीवीहरुमाथि हुने अन्याय अत्याचारको बिरुद्धमा जुझ्दै पिडित हरुलाई न्याय दिलाउँदै आएका न्याय प्रेमिहरुलाई गालि गलौच गरेर उनिहरुको समाज सेवा गर्ने जुन प्रकारको स्पृटलाई हतोस्वताहित गरिन्छ यो कार्यपनि ठिक भन्न सकिदैन।समाज सेवा भनेको त निस्वार्थ सेवाहो जस्ले पनि एक दिनको एउटा कार्य वा एकमैना एक बर्ष वा जीवन भरी सामाजिक काम गर्न सक्छ।जस्को जति क्षामताछ जति समय दिनसक्छ त्यो सकारत्मक कुरानै हो।
हामि जब संगठनमा लागेका थ्यौँ त्यो बेला हामिलाई राजनीतिक पार्टीको बारेमा कत्ति जानकारी थिएन।हामि त समाजिक कार्यकालागिनै सहभागि भएका हौँ।बिस्तारै देशबिदेशका घटनाहरुको जानकारी भयो त्यसको बारेमा अध्यायन गर्दा हाम्रो देशभित्रको निरंकुश राजतन्त्र जनतन्त्र र राष्ट्रीयताको बिकासको बाधक भएको देखेपछि त्यो राज तन्त्र फ्याँकेर गणतन्त्रीक ब्यबस्था तथा राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि शंघर्ष गर्ने निर्णय गरियो।हाम्रो मागको प्रतिनिधित्व नेपालको कम्युनिष्ट पार्टी मसालले गर्न थाल्यो त त्यसकारण हामि राजनीतिक मैदानमा आयौं।हाम्रो स्वार्थ ब्याक्तिकत होईन बर्गिय हो त्यसकारणले हाम्रो देशभित्रको आमूल परिवर्तन गर्ने वा देशलाई जोगाउँने जुनपक्षले प्रयास गर्छ त्यसैलाई हामिले सहयोग र समर्थन गर्ने प्रष्टछ।अहिले पनि देशभित्र ओलिले बिदेशको दलालि र प्रतिगामि कदम चालेपछि हामिले त्यसको बिरुद्धाम उभिएको पार्टीलाई समर्थन दिने निर्णय त्यो पनि गुण र बैगुणको अबस्थानुसार समर्थन र बिरोध गर्ने सर्तमा समर्थन गरेकाछौँ।यसैलाई लिएर पनि साथिहरुले खुल्लम खुल्ला आलोचना गर्दै आउँनु भएकोछ।साथिहरु संगठन बिना अनुसाशनको चल्नै सक्दैन केहि स्वार्थिहरुको पक्षपोषण गर्दै उनिहरुको मोहरा नबनौँ आफ्नो विवेक र बुद्धिको प्रयोग गरेर संगठनको बिकाशमा सहयोग गर्ने प्रयात्न गरौँ।हामि भारतमा रहेका नेपालीहरुको एउटै समस्याहो र त्यो हाम्रो एकताले मात्र समाधान गर्न सकिन्छ।हामिले देशभित्रको भ्रष्टचारलाई फ्याक्न केवल भविस्यमा देशमा हुने आमूलपरिवर्तनले मात्र सक्छ।त्यो कार्य गर्नमा हाम्रो एकतामा आधारित बर्ग शंघर्षले नै गर्न सक्छ।भन्नेमा बिष्वाश गर्छौँ।

चर्चामा

सम्बन्धित समाचार