बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • एलबम बनाउन सरकारी गाडिको दुरुपयोग गर्दै मेयर पटेल

एलबम बनाउन सरकारी गाडिको दुरुपयोग गर्दै मेयर पटेल

  • शुक्रबार, साउन २९, २०७८
एलबम बनाउन सरकारी गाडिको दुरुपयोग गर्दै मेयर पटेल

मेवालाल यादव — रौतहट जिल्लाको गोनाहि देवाहि नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले भोजपुरी गितको एलबम बनाउन सरकारी गाडिको दुरुपयोग गर्ने गरेको छ । सरकारले स्थानिय तहका जनप्रतिनिधि हरुलाइ कार्यालयको काममा प्रयोग गर्न गाडि उपलब्ध गराएकोमा मेयर पटेलले नाचगान र गित बनाउन सरकारी गाडिको प्रयोग गर्ने गरेको छ। यसरी सरकारी गाडिको दुरुपयोग गर्ने मेयर पटेल नाचगान मा मात्र नभई अरु व्यत्तिगत काममा समेत सरकारी सम्पत्ति को दुरुपयोग गर्ने गरेको देखिन्छ ।

यसरी सरकारी गाडिको दुरुपयोग भइरहदा सम्बन्धित निकाय मौन रहेको छ।मधेस को लाल उडावेला गुलाल गीतमा मेयर पटेलले आफैं नाच्नु भएको छ ।यो गीतको गायक सुरज मिश्रा र KM Films बाट रिलिज भएको थियोे ।प्रदेश १-०२-००१ झ ००२८ नम्बरको सरकारी गाडीको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले दुरुपयोग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार