१.
मलाई मन पर्छ
तिमीले मैले गाँसेको
मन र मुटुको साइनो।
२.
एउटा घुम्ने कुर्सी
उपहारमा भेट्टायो
बाँदरलाई नरिवल ।
३.
म पनि त ठुलै हुँ
मान्नेले मानी दिएन
यसमा पनि राजनीति ।
४.
यमराजको निम्तो
झुपडी या महलमा
आउँछ बिना भेदभाव ।
५.
मेरो देशको शिक्षा
पढ्ने भन्दा झोला ठुलो
गुणस्तरको हल्ला चल्यो।
६.
सुन्दर जीवन यो
फुलाउनेलाई फूल
बैमानीलाई ठूलो भुल।
७.
पराई भए सबै
डाँडैको चौतारी पनि
पर्खाइमा एक्लै रुँदैछ।
८.
अनेक छन् सूचना
भगवान् नै हराएछन्
सङ्कटमा नपरुन् प्राणी ।
९.
बस्दैछु सहरमा
बाध्यता कि रहरमा
कस्तो होला गाउँ घरमा ?
– लक्ष्मण धामी कीर्तिपुर-६ काठमाडौँ