• होमपेज
  • समाज
  • दुर्गमको नमुुना टाँटे स्वास्थ्य चौकीमा प्रभाबकारी बन्दै चिकित्सक सेवा

दुर्गमको नमुुना टाँटे स्वास्थ्य चौकीमा प्रभाबकारी बन्दै चिकित्सक सेवा

  • बिहिबार, साउन २८, २०७८
दुर्गमको नमुुना टाँटे स्वास्थ्य चौकीमा प्रभाबकारी बन्दै चिकित्सक सेवा

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकामा रहेको नमुना टाँटे स्वास्थ्य चौकीमा चिकित्सक सेवा प्रभाबकारी बन्दै आएको छ । नगरपालिकाले अस्थायि करारमा डा. राजुराज जैशीलाइ भर्ना गरेर नियमित स्वास्थ्य सेवा दिइरहेको नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
नगरपालिकाले टाँटे स्वास्थ्य चौकीमा चिकित्सक मार्फत स्वास्थ्य सेवा दिएको हो । स्वास्थ्य चौकीमा चिकित्सक द्धारा स्वास्थ्य सेवा सञ्चालनमा आएपछि उपचारमा आउने बिरामीको संख्या बढिरहेको छ । साथै उक्क्त अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । अस्थायि कोभिड अस्पताल तथा टाँटे स्वास्थ्य चौकी नियमित्त स्वास्थ्य सेवा शुुरु गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।
स्थानिय गणेश जोशीले भने डा. राजुराज जैशीले बिरामीको उपचारमा समेत प्रभाबकारी सेवा दिइरहेको वताए । चिकित्सक हु भन्ने अहँमता भन्दा पनि उनमा बिरामीको सेवा गर्नुपर्छ भन्ने भाब रहेको उपचारमा आउने बिरामीले वताएका छन् । स्वास्थ्य संस्थामा चिकित्सले सेवा दिइरहदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता समेत टरेको छ ।
अस्पतालले नियमित ओपिडी, ड्रेसिङ्ग, सुचरिङ्ग, आइ एण्ड डी, कोरोनाको चेकजाँच र बिरामी बेड भर्ना गर्ने गरि सेवा गरिरहेको छ । टाँटे स्वास्थ्य चौकी दुर्गममै नमुना स्वास्थ्य चौकीका रुपमा स्थापित भएको छ । स्वास्थ्य चौकीले दिने सेवा सुबिधा भन्दा पनि अन्य सेवा दिदै पहाडि जिल्लाको हकमा नमुना स्वास्थ्य चौकीको रुपमा रहेको संस्थामा चिकित्सक बाट सेवा सुुचारु भएको छ ।
२०२० सालमा स्थापना भएको टाँटे स्वास्थ्य चौकीमा प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सञ्चालन गर्दै आएको छ । स्वास्थ्य चौकीले दिने सेवा भन्दा आकस्मिक रुक्क्तसञ्चार सेवा, एक्सरे सेवा, इर्मेजेन्सि सेवा, ल्याब सेवा र बिरामी भर्ना गरेर उपचार गर्दै आएको थियो ।
स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा, भिसिटि केन्द्र, ओसिटि सेवा समेत सञ्चालन गर्दै आएको स्वास्थ्य चौकिले वताएको छ । टाँटे स्वास्थ्य चौकीमा चिकित्सक सेवा शुुरु भएपछि तल्लो भेगका त्रिबेणी नगरपालिका, छेडेदह गाँउपालिका, बुढिगंगा नगरपालिका लगायत अन्य गाँउ पालिका र नगरपालिका बासिन्दाले सेवा पाउने भएका छन् । दैनिक ५० जना भन्दा बढि बिरामीको उपचारमा आउने गरेको स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियन खडक बिष्टले वताए । कुपोषित बच्चाको उपचार समेत स्वास्थ्य चौकीमा हुने गरेको छ ।
टाँटे स्वास्थ्य चौकीले ल्याब सेवा मात्र सञ्चालनमा नभई गुणस्तरीय सेवा समेत दिदै आएको छ । ल्याब सेवा बाट प्राथमिक स्वास्थ्य केन्द्रमा हुने सबै प्रकार जाँच गर्दै आएको छ । रगत, दिशापिसाब, खकार चेक जाँच हुने गरेको छ । त्यो सँगै एचआईभि रगत परिक्षण समेत हुने गरेको छ । ल्याब टेक्निसम खड्ग बिष्टका अनुसार सके जति गुणस्तरीय सेवा दिइरहेका छौ, आबश्यक परेमा २४ घण्टामा यो सेवा दिने गरेको वताए । स्वास्थ्य चौकीमा आकस्मिक रक्क्तसञ्चार सेवा सञ्चालनमा रहेको छ । देशमै ग्रामिण भेगका स्वास्थ्य चौकिमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन नभएपनि टाँटे स्वास्थ्य चौकीले सेवा सञ्चालनमा ल्याइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार