• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ४ बर्ष पछि पहिलो पटक धेरै बालबालिका बिरामी परे : जिल्ला अस्पताल

बाजुरामा ४ बर्ष पछि पहिलो पटक धेरै बालबालिका बिरामी परे : जिल्ला अस्पताल

  • बुधबार, साउन २७, २०७८
बाजुरामा ४ बर्ष पछि पहिलो पटक धेरै बालबालिका बिरामी परे : जिल्ला अस्पताल

बाजुरा — बाजुरा जिल्लामा साउन १५ गते पछि ५ बर्ष मुनीका बालबालिकाहरु अत्याधिक धेरै बिरामी परेका छन । यो ३/४ बर्ष पछिको पहिलो तथ्याङक रहेकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।अस्पतालका अनुसार पछिल्लाे एक महिना दखी ५ बर्षमुनीका बालबालिकाहरू धरै बिरामी भएर उपचारका लागि  अस्पताल अाउने क्रम बढेकाे अस्पतालले जनाएकाे छ  । साउनको १५ गते देखी २८ गते सम्म ३७ जना बालबालिका जिल्ला अस्पताल बाजुरामा भर्ना भएर उपचार गरेकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए । यो तथ्याङ्क हेर्ने हो भने बाजुरामा भयभित अबस्था आउन सक्ने खतरा पनि धेरै बढेको डाक्टर जोशीले बताए ।
जिल्ला अस्पताल बाजुरामा बुधबार पत्रकारहरु संग कुरा गर्दै उपचारमा आएका सबै बालबालिकामा कोरोनाको जस्तै लक्षण देखीएको डाक्टर जोशीले बताए । जिल्ला अस्पतालमा आउने सबै बालबालिकाहरुमा जरो आउने, स्वास प्रस्वासको समस्या हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखा परेको बालबालिकाहरु धेरै रहेको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताए ।
यस्ता लक्षण हेर्दा कोरोको तेस्रो लहर फैलिएको होकी भन्ने पुर्बाअनुमान गर्न सकिने डाक्टर जोशीको भनाई रहेको छ ।
जिल्लामा भर्ना भएका ३७ बालबालिका मध्य ३० जना निको भएर घर फर्किएका जिल्ला अस्पताल बाजुराले जनाएको छ । १ जना बच्चा जिल्ला अस्पतालमा उपचार सम्भव नभएर रिफर गरीएको जनाएको छ । जिल्ला अस्पतालमा भर्ना गरिएका मध्य २ बालबालिकाको अबस्था गम्भीर रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख जोशीले बताएका छन । बिरामी हुने सबे बाल बालिका ५ बर्ष भन्दा कम उमेरका छन भने केहीलाई सामान्य उपचार पछि घर फर्काइएकाहरुको तथ्याङक जिल्ला अस्पतालले नराखेको भए पनि अस्पतालमा भर्ना गरिएका सबै तथ्याङक रहेको बताएका छन ।
गाउँघरमा रहेका बालबालिकाहरुमा रुघाखोकी, जरो, झाडापखाला लगायत सामान्य लक्षण देखिने बित्तीकै नजिकको स्वास्थ्य संस्थामा लैजान जिल्ला अस्पताल बाजुराले अनुरोध गरेको छ । यस्ता लक्षण देखीएमा बालबालिकाको ज्यानै जान सक्ने खतरा रहेकोले सामान्य बिरामी हुदै जिल्ला अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा जचाँउन लैजानु पर्ने र रेखदेख गरीराख्न जिल्लाका सबै नागरिकलाई जिल्ला अस्पताल बाजुराले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार