आपस मा फुटेर कुनै साहुकार बन्दैन,
आर्थिक नैतिक र राम्रो घरवार बन्दैन।
मिलेर जाँदा जीत अबस्य भावि होला,
तना तनिले त जीतको आधार बन्दैन।
फौलाद बनेर निस्कन पर्छ टक्साल मा
चम्किने पहेंलो धातुको औजार बन्दैन।
हुन्छन काम गर्ने सँग कमि कम्जोरीहरु,
न सुधारेर त सामाजिक निखार बन्दैन।
अनहाककै झटाराले त दुश्मन बढ्छन,
मिठास बिनाको बोलि ले प्यार बन्दैन।
एक्ला एक्लै लड्नु भनेको त हार्नुनैहो,
मिलेर लडेको झैं लडाई दमदार बन्दैन।
धेरै फुट जुटकै माहौलमा हुर्के महासय,
यो परिवेशले बर्गशंर्घष आरपार बन्दैन।
सुरेशकुमार पान्डे।