• होमपेज
  • देश
  • लागुऔषध नाइट्रोभेटसहित १ जना पक्राउ

लागुऔषध नाइट्रोभेटसहित १ जना पक्राउ

  • मङ्लबार, साउन २६, २०७८
लागुऔषध नाइट्रोभेटसहित १ जना पक्राउ

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट लागुऔषध नाइट्रोभेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिजो सोमबार राती करिव १२ बजेको समयमा हेटौडा–१०मेनरोड, भुटनदेवी मोडस्थित सडकखण्डबाट ५ हजार ४ सय ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ महादेवस्थान बस्ने वर्ष ३० को मनिष ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

रातोमाटेबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०२–०२२ प ३७२९ नम्बरको मोटरसाईकललाई मेनरोड, भुटनदेवी मोडस्थित सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा ठकुरीले पछाडी पिठ्युमा भिरेको कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट फेला परेको उनले बताए ।

पक्राउ परेका ठकुरीलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार