मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सांसद थापाको सचिवालयले भन्यो हामीलाई कुनै जानकारी छैन पैशा लिने माथी कार्बाही होस

सांसद थापाको सचिवालयले भन्यो हामीलाई कुनै जानकारी छैन पैशा लिने माथी कार्बाही होस

  • मङ्लबार, साउन २६, २०७८
सांसद थापाको सचिवालयले भन्यो हामीलाई कुनै जानकारी छैन पैशा लिने माथी कार्बाही होस

बाजुरा — संघिय सांसद लाल बहादुर थापाको सांसद विकास कोष बाट योजना हाले बाफत ५० हजार लिएको भन्ने कुरामा सांसद थापा नजोडिएको उल्लेख गरिएको छ । बुढिगंगा नगरपालिका १० सिगाडा माबिमा आर्थिक बर्ष २०७६।०७७ मा बिद्यालयको घेरबार बाफत बिनियोजन भएको १० लाख रकम बाट ५० हजार लिएको भन्ने ठाउँमा सांसद थापा कतै नजोडिएको सांसद थापाका स्वकिय सचिव सुरेश रोकायाले बताएका छन ।
सो बजेट सांसद बिकाश कोषबाट नभइ स्थानिय साझेदारी पुर्बाधार बिकास कोषको बजेट रहेको रोकायाले बताएका छन । उक्त रकम लिने र दिने कुरामा सांसद थापाको सचिवालयको संग्लग्नता नरहेको स्वकिय सचिव रोकायाले सामाजिक संजाल मार्फत सार्बजनिक गरेका छन ।
सो रकम लिने र दिने दुबै जनालाई कार्बाही गर्न त्यस संग सम्बन्धीत निकायलाई अनुरोध गर्दछौ रोकायाले बताए । लेनदेनकाे कुरामा सांसद थापाकाे नाम जाेडिएकाेमा सचिवालयकाे अापत्ती रहेकाे बताइएकाे छ ।

बिद्यालयमा योजना हाल्नमा आफ्नो रकम खर्च भएको भन्दै स्थानिय पदम बहादुर साउदले ५० हजार रकम लिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दल बहादुर साउदले वताएका छन् । योजना हाल्नमा आफ्नो लगानी भएको भन्दै ५० हजार लिएको ब्यबस्थापन समिति अध्यक्ष साउदले बिज्ञप्ती मार्फत जानकारी गरेका थिए । खर्च ६० हजार भएको भन्दै ५० हजार लिएको बिज्ञप्तीमा उल्लेख गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार