मार्क्सवाद!

  • मङ्लबार, साउन २६, २०७८
मार्क्सवाद!

सुरेशकुमार पान्डे — मार्क्सवाद!शब्द यो समाज र चराचर जगतलाई ब्याख्य बिष्लेषण गर्ने सांचो हो।कार्ल मार्क्सले समाजको बिष्लेषण गर्दा द्वोन्दत्मक भौतिकवादी दृष्टीकोणले गर्नुहुन्छ।वास्तबिक अर्थमा समाजलाई भौतिकवादी दर्शनले नियालेपछि समाजमा भएका राम्रा न राम्रा बिचार तत्वलाई छुट्याउँन सकिन्छ।धर्मसास्त्रले पनि त संसार भरीमा ठुलो राजनीतिक उथल पुथल ल्याएकोछ।मार्क्सवाद लाई सरल भाषामा बुझ्दा बिज्ञानहो।विज्ञानले धर्मको पनि बिष्लेण गर्न सक्छ आज विज्ञानलाई यो चराचर जगतमा हुने उथल पुथलको बारे सम्पुर्ण प्रकृयालाई चुनौति दिएकोछ।जस्ले बस्तुलाई ज्ञानको श्रोतको रुपमा ब्यख्या गर्दछ।कुनै पनि बस्तुमा दुई वटा गुण हुन्छन सकारत्मक र नकारत्मक यो यथार्थलाई बुझ्नसके पछि त्यसलाई निफन्न सजिलो हुन्छ।मार्क्सले सबैभन्दा पहिले समाजभित्र ठुलो क्रान्ति ल्याए त्यो के भने समाजमा बर्गको बिभाजन गरे।धनी बर्गले गरिब बर्गलाई सोशण कसरी गर्छ आखिर उस्ले गरिखाने बर्गलाई सोशण गर्ने श्रोत केहो?त्यसबारेमा गहन अध्यायन गरे अनि धनी बन्ने श्रोतको अध्यायनले सोशक बर्गले गरेको सोशणनै उस्को धनिबन्ने श्रोत हो र मिहेनतकस बर्ग गरिब बन्ने कारण धनि बर्गको सोशणनैहो।त्यसकारणले धनी बर्ग र गरिब बर्गको बिचमा बर्ग शंघर्षले नै गरिब श्रमजीवीहरुको स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न सक्छ भन्नेकुरा देखाए यो बर्ग संघर्शनै मार्क्सवादको मुल मन्त्रहो।
खास गरेर कम्युनिष्ट समाजका अरु बुजुर्वा पार्टी भन्दा फरक यहि मायनेमा हुन्छन।तर त्यसका लागि कम्तिमा जनतालाई सचेत र संगठित त गर्नै पर्ने हुन्छ।हामिले संगठनको बिकास र जनतालाई सचेत गर्ने उदेश्यले देशबिदेशमा नेपाली श्रमजीवीहरु बिच एउटा संगठनको निर्माणगरेर उनिहरुलाई सचेत गर्दै आएका छौँ।हाम्रो उदेश्यले जनतालाई सचेत बनाउँछ त्यो निस्वार्थ सामाजिक कामहो।
हाम्रो मान्यता केछ भने समाजलाई सचेत बनाएपछि सचेत समाजले आफ्नो बाटो आफै रोज्छ।तर संगठनको सुरुवात देखिनै साथिहरुका भिन्न भिन्न बिचारधाराले हाम्रो त्यो उदेश्य मा दरार पैदा हुँदै आएकोछ।बिचार फरक हुनु छुट्टै कुराहो एउटा कमिटिमा कयौं जनाका बिभिन्न बिचारहरु जन्मिन्छन त्यो नया कुरा पनि होईन र त्यो हुनुलाई अस्वभाबिक पनि मानिदैन।तर बिचारलाई छाड्दै नछाड्ने सबैजना आ-आफ्नो बिचार लाई ईगो बनाएर पलाएन हुने ब्यबहारलाई ठिक भन्न सकिदैन।मार्क्सवादले पनि छलफलमा स्वतन्त्रता र कार्यामा एकरुपता लाई प्राथमिकता दिन्छ।बिचार भनेको त जनवादनै हो तर जनवादको अर्थ पार्टीका कार्याक्रताले पार्टीभित्रको जनवाद बुझ्नुपर्छ।जनवादि अधिकार जनतामा गएर आफ्नो राय बोल्नु होईन आफ्नो राय बिचार लाई कमिटिमा राख्ने र त्यो कमेटिबाट पारित भएको बिचारलाई तल सम्म लग्ने।हामिले जानेको यहिहो जस्लाई हामिले मार्क्सवादी सिधान्तको रुपमा बुझेकाछौँ।मानौं कार्ल मार्क्सले धर्मलाई अफिम बताए तर अध्यायन गर्नेहरु त्यसलाई बुझ्दा बिभिन्न तौर तरिकाले बुझे।असलमा कार्ल मार्क्सले भन्न खोजेको समाजभित्र धर्मले मानिसलाई जस्तै अफिमको नसाले ग्रस्त गराएको हुन्छ जस्लाई छोड्न त्यति सजिलो हुँदैन यानि कि त्यो सितिमिति छुट्दैन त्यसकारणले भनेको कुरालाई ब्याख्या गर्दा धर्म भनेको अफिम हो भनेर ब्याख्या गरे त्यसलाई जनताले बिभिन्न अर्थ लगाए।कसैले दिदि बैनि लाई नमान्ने बाउ आमालाई नमान्ने आदी यित्यादी अर्थ लगाएर बद्नाम गरे।
यसैलाई भनिन्नछ अर्थको अनार्थ भनेर।
नेपालको कम्युनिष्ट आन्दोलन निम्न पुँजिवादी र बुजुर्वाको जगमा मौलाएकोहो।देशमा कम्युनिष्ट पार्टीका पि बि एम समेतले देवाली गर्छन देवी देवता पुज्ने पुजा आजा गर्ने गरेको आमरुपमा देखिन्छ।जातिय बिभिद छुवाछुत अपनाएको पनि बिभिन्न बहानामा देखा पर्छ।त्यसैले अहिले देशमा कम्युनिष्टको बहुमत हुँदाहुँदै पनि बिउ जोगाउँन गारोछ बिउ भेट्नै गारोछ भनेपनि फरक नपर्ला।बिगतका दिनहरुमा जस्को जोत उस्को पोतका नारा लगाउउदै झापामा बिद्रोह गर्ने पनि यिनै हुन,नौलो जनवाद भनेर दशबर्षे सस्त्र शंघर्ष गरेका पनि यिनैहुन।बहुदलिए प्रतिसप्रधा आफ्नो माझिएको र खारिएको भनेर त्यसैको लागि शंर्घष गर्नेहरु पनि यिनैहुन।जस्ले आ-आफ्नो सरकार बनाए र अहिले यिनिहरुको अबस्था कस्तोछ भनेर भन्नु नपर्ला।गोरुको मासु नखाने कम्युनिष्ट हुँदैन भन्नेहरुको पनि हरिबिजोग देखियो।बाहुनका जनै र टुप्पि काट्नेहरुको पनि हरिबिजोग भयो।हामिहरुलाई हिंजो बुजुर्वा शिक्षा भनेर प्रमाण पत्र च्यात्न लगाउँनेहरुले पछि त्यहि बुजुर्वा डिग्रिलाई पैसादिएर किने त्यो नेताहरुको बिजोग पनि हेर्यौं।
यो सबैलाई नियालेको अहिले चार दसक भयो संगठनमा निस्वार्थ सामाज सेवा गर्न थालेको पनि चालिस बर्ष भए।मैले अरुको कुरा गर्दैन बरु भएको कुरा केहो भने यो द्वौरानमा कयौं साथिहरुको कयौं पल्ट संगठन मा फुट्ने जाने र फर्किने काम पनि भयो।
जाने बेला जानेले पनि संगठनलाई बुराभला भनेर जान्छ संगठनभित्र बसेकाले पनि गएकालाई अनर भाँति भन्छन।अनि उ फर्किएपछि त्यसलाई स्वागत गर्छन।सवाल के रहिरहन्छ अनुउत्तर भने।के भनेर गयो किन फर्केर आयो जाँदा त्यो खराब भएको थियो फर्किदा दुरुस्तै केभयो।यियाबत प्रश्नहरु अनुउत्तर बनिरहन्छन।जस्को असर थोरै धेरै कार्यक्रता र जनतामा पर्छ।
हुँनु पर्ने त केहो भने कसैलाई रोग लाग्यो भने तुरुन्तै उपचार गर्ने यदि संगठननै रोगि देखियो भने बिद्रोह गरेर छुट्टै पार्टी निर्माण गरेर उस्ले भन्दा राम्रो काम गरेर देखाउँने त्यसो गरेपछि त पार्टी आफै ठुलो हुन्छ जनता जोडिन्छन।कसैको सम्पत्तिलाई खोसेर रजिसस्टेसन खोसेर,नाम खोसेर आफ्नो बिकास होला भन्ने सपना कसैले नदेखेपनि हुन्छ।किन भने संगठन पत्रिका नामले चल्दैन उस्को निश्पक्षियता ईमानदारिता लगनसिलता र देश र जनताको लागि गरेको कामले उस्को बिकाश गर्छ जनतामा स्थापित गर्छ भन्नेकुरा मार्क्सवादी सिधान्तहो।
मार्क्सवादले नबुझेका लाई सिकाउँछ तर जानबुझेर गरेको गलतिलाई कार्वाही गर्छ।पार्टी भित्र आउँने जाने प्रकृया त लागि रहन्छ।समाज पार्टीमा आउँने साथिहरु बिभिन्न प्रकारको उदेश्यले आउँनु हुन्छ त्यो उदेमश्य लामुसमय सम्म पनि पुरा हुन नसकेपछि उँहाहरु पल्यान गर्नुहुन्छ। हामिले सहि बेला परेका घटनालाई ठोश रुपमा मुल्याङ्कन गरेर निर्णय गर्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार