आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • संगठनलाई टुक्रा पारेर कस्लाई फाईदा होला?

संगठनलाई टुक्रा पारेर कस्लाई फाईदा होला?

  • सोमवार, साउन २५, २०७८
संगठनलाई टुक्रा पारेर कस्लाई फाईदा होला?

सुरेशकुमार पान्डे —  आज दक्षिण भारतका कतिपए साथिहरुले मूलप्रवाहकै नाम बाट भेलाको आयोजना गर्नु भयो।उँहाहरुले भेला गर्न पाउँनु हुन्छ त्यो उँहाहरुको स्वतन्त्र बैचारीक पक्षहो।हामिले कसैलाई पनि बन्देज लगाउँन सकिदैन।बन्देज लगाउँन उस्लाई सकिन्छ जस्ले मान्छ।मान्दै नमानन्नेहरु आफैले जन्माएका छोरा छोरीहरु लाई पनि त बन्देज लगाउँन सकिदैन।
संगठनको र परिवारको एउटा अनुसासान हुन्छ त्यो अनुसाशन उसैलाई लागु हुँन्छ जो अनुसाशनमा बस्न ईक्षुकछ।अनुसासन बिन घर समाज देश पनि चल्दैन।सबै ठाउँमा अनुसासनको महत्व हुन्छ।
हामिले अखिल भारत नेपाली एकता समाजको ७में सन १९७९मा गठन गरेपछि यो सँगठन अहिले सम्म यँहा सम्म आई पुग्नु पनि अनुसासनकै भूमिकाछ।संगठनमा आउँने जाने क्रमपनि जारिनै रहन्छ आएका साथिहरु संगठनमा स्वासेवक बनेर समाजको सेवा गर्न आउँछन सक्यासम्म संगठनको बिकास गर्छन अनि जान्छन।यो क्रम जीवीत संगठनमा रहिरहने गर्छ।जो जति संगठनमा योगदान दिए साथिहरुले त्यो ऐतिहाशिक सत्य हो कसैले लुकाएर लुक्दैन।जति बेला सम्म ईमानदारी पुर्वक समाज सेवा गर्छौँ त्यो बेला सम्म जनताको आँखाको नानि बनेर समाजमा बिराजमान हुन्छौँ।जब हाम्रो बिचमा अंश स्वार्थ पलाउँछ जनताको आँखामा हामिनै कसिङ्गर जस्तो बन्न थाल्छौँ।जीवन भरी सक्या सम्म राम्रो काम गर्नुस तर जनता हजूरको त्यो नराम्रो कामको प्रखाईमा हुन्छ।थोरै बिराउँदा बित्तिकै हामि जनता बाट टाडिदै जान्छौं यो कुरा सत्यहो।
हामि कसैका दाश झोले र टिके होईनौं त्यो आरोपलगाउँने अधिकार पनि कसैलाई छैन।एकै दिन पनि ईमान्दारी सँग संगठनको काम गरे पनि त्यो सम्मानिए हुन्छ किन कि निस्वार्थ आफ्नो एकदिन जनताको हितमा ब्यातित गर्यौं।
हाम्रो उदेस्य भारत भरि छरिएर बसेका नेपाली श्रमजीवीहरुको बिचमा बलियो एकताको निर्माण गर्ने अलपत्र भएका नेपाली हरुलाई संगठित गर्ने,देशभक्ति भावाना जगाउँने र भबिश्यमा हुँने नयाजनवादी क्रान्तिको लागि तैयार पार्नेहो त्यहि हामिले गर्दै आएकाछौं।यो पवन कार्य आम नेपाली जनताको सहयोग बिना सम्भव पनि छैन जनताको काम नगरेपछि जनताले सहयोग पनि गर्ने कुरा हुँदैन।
हामि सबैको एउटै उदेश्यहो र हुनुपर्छ।संगठनलाई एकढिक्का बलियो बनाए हाम्रो माथि आई परेका समस्याहरुलाई सजिलरी समाधान गर्छौ टुक्रिएपछि हामि मध्य कसैको पनि भई आई परेका मुद्धामामिलाहरु समाधान गर्न सकिदैन।
अहिले लामू समय देखि काम गर्दै आउँनु भएका साथिहरुले समानतरको संगठन निर्माण गरेर संगठनलाई कम्जोर बनाउँने प्रयात्न गर्दा हामिसबैलाई दुःख लागेकोछ।हुँन त जीवन ज्यु ले एउटा गीत गाउँनु भएको थियो”पिलो निचुरेर ओजन घटेको हुँदैन भन्ने त्यही शब्दलाई द्वौराउँन चाहान्छुँ।
पार्टी-संगठन भित्र मत मतान्तर हुन्छ कयौं बिचारहरु जन्मिन्छन छलफल हुन्छ त्यो एउटा पक्षहो।संगठनले लिएको निर्णय सबैलाई स्विकार हुनुपर्छ।संगठनभित्र बिभिन्न साथिहरुका छुट्टा छुट्टै बिचार आएता पनि पारित त एउटा बिचार हुन्छ।छलफलमा स्वतन्त्रता र कार्यमा एकरुपता अनिवार्य हुनुपर्छ।छलफलमा हामिले जनवादको प्रयोग जसरी गय्रौं त्यहि रुपमा पारित बिषयलाई कार्यान्वयन गर्दा एकरुपता हुनुपर्छ।आफ्नो बिचार सहिछ छैन भन्नेकुरा ब्यबहारले पनि पुष्टी गर्दछ।यदी आफुलाई लाग्छ आफ्नो बिचार सहिछ त्यो समितिले पारित गरेन त्यो बिचारलाई शुरक्षित राखेर अर्को पल्ट छलफलमा राख्ने अधिकार हुन्छ।तर भाईर मैले राखेको बिचार पारित भैन भनेर प्रचार गर्ने छुट कसैलाई पनि छैन।
कृष्ण पौड्यल ज्यु हाम्रालागि अपरिचित ब्याक्ति हुनु हुँदैन,उँहा अनुसाशित मध्यको ब्याकति हो।तर अहिले उँहाले आफ्नो मत केन्द्रले पारित नगरेपछि प्लेलेनममा लैजाम भन्नुभएछ त्यो पार्टीको बहुमतले अस्विकार गय्रो भनेर आफै भन्नु हुन्छ।अस्विकार गरेपछि त उँहाले त्यसलाई सार्वजनिक गर्न हुन्छ कि हुँदैन त्यो स्वयम कृषण पौड्यल ज्युले बुझ्ने कुराहो।पार्टीको एकजना सदस्यले पार्टीको निर्देशन मान्दैन भने पार्टीले कार्वाई गर्ने कि नगर्ने?उँहाहरुले गठन गरेको पार्टीले भोलिका दिनमा कस्ता खाले निर्णय लिन्छ?जता पायो त्यँहि बोल्न पाउँने अधिकार दिन्छ भने त त्यो पार्टीको नाम “अराजक”नै राख्नुपर्छ,मेरो बिचारमा।
पार्टीले आफ्नो पत्रिकालाई बन्द गर्न पनि सक्छ त्यो चालु राख्नपनि सक्छ त्यसमा के आपत्ति हुन्छ कसैलाई?सांचै भन्दा भन्नेहो भने गोबिन्द सिहँ थापा ज्यु ले हाँकलाई पार्टीलाई सहर्स बुझाउँनु पर्छ।यदी त्यो पत्रिका गोबिन्द ज्युले खोस्नु हुन्छ भने भारत स्थित नेपालीहरुले उँहालाई पार्टीको सम्पत्ति हिनाबिना गरेको आरोप लगाउँनै पर्छ।हिंजो अरुले पत्रिका कब्जा गर्दा त्यसलाई गद्दार भन्ने सामाजिक सम्पत्ति हिनाबिना गय्रो भन्ने आज आफैले त्यहि कृयाकलाप गरेपछि आफुलाई के भन्ने?यि याबत बिषयहरु पनिछन।आज उँहाहरुले लामु छलफल गर्नुभयो।मूल प्रवाहको ब्यनर लगाएर फुटका कथाहरुलाई ओर्ल्याउँनु भयो तर त्यो हाम्रो संगठनका लागि एउटा गलत शंदेशनै हो दुश्मनलाई हंसाउने खालको भनेर बुझ्नुपर्छ।गोबिन्द सिँह थापा ज्यु लाई हिंजो जति हामिले सम्मान गर्थ्यौं आज त्यो सम्मान नहुनसक्छ।किन भने हामि त्यहि घरलाई बलियो गराउँने अभियानमा छौँ जस्लाई उँहाले टुक्रापार्ने जिम्मा लिनु भएकोछ।
साथिहरु हाम्रो अभियान संगठनलाई टुक्रा पारेर पुरा हुँदैन संगठनलाई जुटाएर एकढिक्का पारेर पुरा हुनसक्छ।त्यसको लागि अनुसाशनमा बस्नुपर्छ भन्ने मलाई लाग्छ।आफुलाई जो लाग्यो त्यो हुँदा सम्म सामन्तहरुपनि गुरु भए,आत्मिय भए अहिले उनैलाई सामन्ति भन्दै गालि गलौच गर्दै आउँनेहरुले आकास तिर थुकेको जस्तै लाग्छ।
संगठनले गलत बाटो छोप्यो भनेर साथिहरु कराउँनु हुन्छ।भित्र बसेर संघर्ष गर्न डराउँनु हुन्छ।जागरण अभियान भनेर समानतरका संगठन खोलेर मसाललाई दक्षिण पन्थि भन्नु हुन्छ अनि हामि मसाल पनि भन्नु हुन्छ।यि सबै एकैसाथ हुदैन।कि भने मसाल भनेर मसाललाई बलियो बनाउँने कि भने समान्तरको पार्टी गठन गरेर मसाललाई दक्षिण पन्थि नव संसोधनवादी पार्टी आदि भनेर सराप्ने,त्यो जेगरेपनि त कसैले केभन्ने

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाई टुक्रा पार्न सितिमिति हुँनेछैन।संगठन कसैको पेवा होईन लाखौ जनता र हजारौँ कार्याक्रताले बनाएको संगठनहो भनेर बुझ्नुपर्छ।हामिले सदैभरी अनुसाशनको लडाई लड्यौं र विजय हाशिल गय्रो अहिले पनि जनताको विजय हुन्छ।तपाँई हरुलाई हामिले न त पहिले पराय सम्झेका थियौं न अहिले सम्झिन्छौं।संगठनका एक एक कार्यक्रता तैयार पार्दा संगठनको ठुलो लगानि लागेको कुरा कसैबाट पनि लुकेकोछैन।तसर्थ हाम्रो जीत फुटेर होईन जुटेर हुन्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार