आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा धौलपुरी दहमा डुवेर एक युवक वेपत्ता

बाजुरा धौलपुरी दहमा डुवेर एक युवक वेपत्ता

  • शुक्रबार, साउन २२, २०७८
बाजुरा धौलपुरी दहमा डुवेर एक युवक वेपत्ता

बाजुरा —  जिल्लाको त्रिवेणी नगरपालिका धौलपुरी दहमा डुवेर एक युवक वेपत्ता भएको छन । त्रिवेण्ी नगरपालिका ७ का कैलाशमाण्डौका राइसे ऐडीका छोरा अन्दाजी २५/२६ बर्षका नविन ऐडी भैँसी चराउन गएको वेला धौलपुरी दहमा जमेको पानीमा डुवेर बेपत्ता भएको प्रहरी निरीक्षक देवेन्द्र नाथले बताएका छन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भैँसी चराउदै गर्दा सोही तालमा डुवेर वेपत्ता भएको प्रहरी निरीक्षक नाथले बताए ।
बेपत्ता भएका युवकको उद्धारका लागि नेपाली सेना दुुर्गा भञ्जन गुल्म नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको संयुक्त टोली उद्धारका लागि घटना स्थलतर्फ गएको प्रहरी निरीक्षक नाथले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार