• होमपेज
  • समाचार
  • खोडपे बझाङ्ग जयपुथ्वी राजमार्ग अवरुद्ध सडक पाँच दिनपछि सुचारु

खोडपे बझाङ्ग जयपुथ्वी राजमार्ग अवरुद्ध सडक पाँच दिनपछि सुचारु

  • बिहिबार, साउन २१, २०७८
खोडपे बझाङ्ग जयपुथ्वी राजमार्ग अवरुद्ध सडक पाँच दिनपछि सुचारु

अर्थ जङ्ग शाही/बझाङ्ग — पाँच दिन देखि अवरुद्ध खोडपे-बझाङ जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग विहिबार दिउँसो बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक कमल चौधरीले बताए । राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन ।

आइतबार राती सडक तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकमा पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन शुरु भएको छ । राजमार्ग संचालन आए संगै जिल्ला सदरमुकाम चैनपुर बाट धनगढी महेन्दनगर लगायत जिल्ला बाहिरिने रात्री सेवाका बसहरु छुटन थालेका छन । वर्षातको समयमा जयपृथ्वी राजमार्गको विभिन्न ठाँउमा पहिरो जाँदा बेलाबेलामा अवरुद्ध हुने गरेको छ । असार महिनामा मात्र ढोल्यामोड, तमैल, कचाली खोला, र नारुगौडामा सडक माथी बाट पहिरो आउदा चार पटक अवरुद्ध भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार