मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेपाली कांग्रेस बाजुराका सचिव शाहको सभापतीमा उम्मेद्धारी दिने तयारी

नेपाली कांग्रेस बाजुराका सचिव शाहको सभापतीमा उम्मेद्धारी दिने तयारी

  • बिहिबार, साउन २१, २०७८
नेपाली कांग्रेस बाजुराका सचिव शाहको सभापतीमा उम्मेद्धारी दिने तयारी

लक्ष्मीराज पाध्याय
बाजुरा–नेपाली कांग्रेसको ७ औँ जिल्ला अधिवेशन नजिक आउदै लाग्दा बाजुरा जिल्लामा वडा, गाँउ, क्षेत्र, प्रदेश तहमा राजनीतिक चहलपहल बढ्दै गएको छ ।
बाजुराको सभापति आकांक्षीको रुपमा हाल जिल्ला कार्यसमितिका सचिव बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको पनी सभापतीमा उम्मेद्धारी रहने बुझिएको छ । साबिकको बाह्रबिस गाबिस तथा हालको बुढिगंगा नगरपालिका वडा न ९ मा जन्मिएका दिपक बिक्रम शाह नेपाली कांग्रेसका बिद्यार्थी संगठन हुदै हाल पार्टीको जिल्ला कार्य समितिको निर्बाचित सचिवको जिम्मेवारी समालिरहेका छन ।
पार्टीले साउन १६ देखि १९ लाई जिल्ला अधिवेशनको मिति तोके पनी केही पर धकेलिएको छ । बाजुरा जिल्लामा पनी कसले सभापती बन्ने भन्ने बिषयका चर्चा चलेको छ । जिल्लामा सभापतिका लागि पनि आकांक्षीहरुबीच सरगर्मी बढ्न थालेको छ । नेपाली काग्रेस बाजुरामा पनी केन्द्र देखीको एक धार र अर्को धारका भन्दै पौडेल पक्ष र देउवा पक्षले आ-आफ्नै गुटमा केही ब्यक्तीहरुलाई सभापती बनाउन लबिमा लागेको देखीन्छ ।
जिल्ला भित्र देखिएको गुटगत राजनीतिलाई हटाएर कांग्रेसलाई सुदृढीकरण गर्दै बलियो बनाउने उद्देश्य सहित जिल्ला सभापतीमा आकाङ्क्षी रहेको शाहले बताएका छन । आउँदो तीन ओटै तहको निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन नेतृत्वमा आउन चाहेको उनले बताए ।
२०५० सालबाट राजनितीक यात्रा तय गरेका शाहले सभापति बन्ने दौडमा रहनु स्वभाबिक मानिएको छ । उनले २०५० सालमा नेबिसघं त्रिशक्ती माबिको अध्यक्ष भएका थिए । त्यसै गरी २०५१ सालमा नेविसंघ बाजुराको सह सचिवबाट राजनीति यात्रा अघि बढाएका शाहले जिल्लाको पार्टी सचिव समेत भईसकेका छन ।
उनले युवा शक्तिलाई कांग्रेसमा आकर्षित गराउन र पार्टीको संगठन चुस्त राख्नका लागि जिल्लाको सभापतिमा उम्मेदवारी दिने बताए । २०५६ सालमा सुदुर पश्चिम बिद्यार्थी समाजको अध्यक्ष, २०५९ देखी २०६२ सम्म त्रिचन्द्र क्याम्पस ईकाइको अध्यक्ष, २०६२ सालमा त्रिचन्द्र क्याम्पसको सभापतीको प्रत्यासी र २०७३ सालमा जिल्ला अधिबेशनबाट जिल्ला कार्य समितिमा निर्बाचीत सचिव समेत भएका शाहले पार्टी संगठनको बारेमा राम्रो अनुभव बटुलेका छन ।
पार्टी सिद्धान्तलाई आत्मसाथ गर्दै कुशल अभिभावकत्व प्रदान गर्न सक्ने व्यक्ति सभापतिका रुपमा चयन हुनुपर्ने एक उदारणका पात्र शाह रहेका छन । आफ्नो जिवन नेपाली कांग्रेसलाई सुम्पेका शाहले पार्टी संगठन चलायमान बनाउने एक कुशल नेताका रुपमा चिनिने गरेका छन । उनले राजनितीक यात्रा सुरु गरे संगै जिल्लामा हुने हरेक आन्दोलनमा उनको सहभागीता जनाउदै आएका छन । उनले आफु लागेका हरेक संगठनहरुलाई बलियो बनाउदै पार्टी संगठनमा पनी कुशल नेतृत्वका रुपमा परिचीत रहेका छन ।
२०५१ सालदेखी पार्टीको सकृय कार्यक्रता तथा कुशल नेतृत्वका रुपमा परिचीत शाह अनुशासीत र मिजाशिलो स्वभावका रहेका छन । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकी रहेका वेला बाजुरामा प्रचार प्रसार पनी सुरु हुन थालेको छ । नेता तथा कार्यक्रताहरु यतीखेर निकै दौडधुप गरेर प्रचार प्रसार गरिरहेका छन् । महाधिवेशनको मिति नजिकिंदै गर्दा कांग्रेसमा नेतृत्वको बहसले प्राथमिकता पाएको देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार