सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराबाट रिफर गरिएका १० बर्षिय बालकमा काेराेनाकाे नयाँ भाइरस डेल्टा भेरिअन्ट देखियो

बाजुराबाट रिफर गरिएका १० बर्षिय बालकमा काेराेनाकाे नयाँ भाइरस डेल्टा भेरिअन्ट देखियो

डेल्टा भाइरस कत्तिको संक्रामक छ ?

  • बिहिबार, साउन २१, २०७८
बाजुराबाट रिफर गरिएका १० बर्षिय बालकमा काेराेनाकाे नयाँ भाइरस डेल्टा भेरिअन्ट देखियो

लक्ष्मीराज पाध्याय

बाजुरा–जिल्ला अस्पताल बाजुुराले धनगढी हुदै काठमाडौ रिफर गरेको एक १० बर्षका बालकलाई कोरोना भाइरसको डेल्टा भेरिअन्ट भाइरस देखिएको छ । जिल्ला अस्पताल बाजुरामा एन्टिजेन जाँच गर्दा नेगेटिभ भएपछि उनलाइ चार दिन जति निमोनियाको उपचार गरेको थियो ।
अस्पताल बाजुरामा सञ्चो नभएपछि धनगढी रिफर गरेको थियो । धनगढीमा पनि उपचार सम्भब नहुने भन्दै काठमाडौ रिफर गरेको थियो । त्यहाँ कोरोना जाँच गर्दा कोरोना भाइरसको डेल्टा भेरिअन्ट देखिएको अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले वताएका छन् । बच्चालाइ उपचारका क्रममा लिदा बाटोमा सरेको हो, या बाजुरा हुदै उक्त भाइरसले संक्रमण गरेको हो, कुनै जानकारी नभएको जोशीले वताए । उक्त बच्चाको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरेर पिसिआर गर्ने तयारी रहेको जोशीले वताए ।
कोरोना भाइरसको डेल्टा भेरिअन्ट देखिएको बच्चालाई काठमाडौमा भेन्टिलेटरमा उपचार पछि सञ्चो भएर डिस्चार्ज गरेको परिवारले वताएका छन् । अस्पताल बाजुरा अहिले ९ जना बच्चाको उपचार भइरहेको छ । निमोनिया जस्तो लक्षण देखा परेको बच्चाहरुको अक्सिजनको साहारामा उपचार भइरहेको अस्पतालले जनाएको छ । १३ जनाको स्वाब संकलन गरेर डोटि पठाएको छ । कोभिड हो वा होइन रिपोट आएपछि मात्र जानकारी हुने सुचना अधिकारी नृपराज गिरीले वताएका छन् ।
सार्स-कोभिडको नयाँ प्रजाति डेल्टा भेरियन्ट सबैभन्दा पहिला २०२१ को सुरुवात तिर भारतमा पहिचान गरिएको हो । डेल्टाको वैज्ञानिक नाम B.1.617.2 हो । केही महिनाको बीचमा कोरोना प्रजातिको यो भाइरस विश्वका ९८ देशमा फैलिइसकेको छ । जसमध्ये भारत, अस्ट्रेलिया, स्कटल्याण्ड, बेलायत, इजरायल, अमेरिकाजस्ता एक दर्जन देशमा तीव्र गतिमा फैलिएको छ । भारतमा यही भाइरसका कारण गएको अप्रिल र मे महिनामा खतरनाक दोस्रो लहर निम्त्याएको थियो ।
नेपालका कोभिड बिरामीहरूमा पनि यो भाइरसको पहिचान भएको छ । कोरोनाको दोस्रो लहरका कारण नेपालमा पनि हजारौँ नागरिकको मृत्यु भएको छ । लकडाउनपछि पनि अपेक्षित रूपमा संक्रमित मानिसहरू घटेनन् । हाल अमेरिकामा कोरोना देखिएका ८३ प्रतिशत मानिसमा यो भाइरस जिम्मेवार छ ।
डेल्टा भाइरस कत्तिको संक्रामक छ ?
तथ्यांकहरूले डेल्टा भाइरस अल्फा प्रजातिभन्दा ४० देखि ६० प्रतिशत बढी संक्रामक र सुरुको क्षणमा चीनमा देखिएको भाइरसभन्दा झण्डै दुई गुणा बढी संक्रामक भएको देखाएका छन् । यस्तै, डेल्टा भाइरसका कारण बिरामीको श्वासनलीमा भाइरसका कण बढी देखिएका छन् । यसको अर्थ बिरामी मानिसमा भाइरसको लोड पनि अत्यधिक बढी देखिएको छ ।
केही व्यक्तिलाई खोपको दुवै डोज लगाएको दुई हप्तापछि पनि कोभिडका लक्षण देखा पर्न सक्छन् तर गम्भीर बिरामी बनाउने सम्भावना ज्यादै कम हुने वैज्ञानिकहरूले बताएका छन् । अतः अहिलेसम्म देखापरेका कोरोनाका विभिन्न भेरियन्टलाई निस्तेज पार्ने एक मात्र उपाय खोपको प्रयोग नै हो ।
चीनमा गरिएको अध्ययनले यो भाइरसले आक्रमण गरेका बिरामीमा अरु प्रजातिका भन्दा भाइरसको लोड झण्डै १ हजार गुणा बढी देखिएको छ ।
के डेल्टा भाइरस बढी खतरनाक छ ?
बेलायतमा गरिएको सर्वेक्षणले डेल्टाका लक्षणहरू केही फरक पनि देखिएका छन् । जसको अर्थ यो एकदमै खतरनाक छ भन्ने होइन । ज्वरो आउनु, टाउको दख्नु, घाँटीमा कठिनाइ हुनु, रुघाखोकी त साधारण लक्षण भैहाले । त्यसबाहेक सुन्ने शक्ति कमजोर हुनु, पेट र आन्द्रामा समस्या हुनु, रगत जम्नेजस्ता लक्षण पनि केही बिरामीहरूमा देखिएका छन् ।
स्कटल्याण्डमा गरिएको सर्वेक्षणमा अरु प्रजातिभन्दा डेल्टा भाइरसका कारण अस्पताल जानुपर्ने बिरामी दुई गुणाले बढेका छन् । यसले यो भाइरस बढी बलियो छ भन्ने हो ।
अमेरिकामै पनि संक्रमित व्यक्ति अस्पतालमै जानुपर्ने प्रतिशत बढेको छ । विशेष गरी खोप कम लगाएका राज्यहरूमा । त्यसैले भर्खरै अमेरिकी सबैभन्दा उच्च संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउसीले डेल्टा भेरियन्टका कारण खोप नलगाएका मानिसमा कोरोना महामारी तीव्र बनिरहेको भन्दै अमेरिका गलत दिशामा हिँडिरहेको चेतावनी दिएका थिए ।
वास्तवमा डेल्टाले नै बढी मानिसलाई बिरामी पारिरहेको छ वा यो सामान्य ढंगले मात्रै धेरै जसंख्यामा फैलिइरहेको छ भन्ने यकिन हुन बाँकी नै छ । तर, यो भाइरस विश्वका खोप नलगाएका ठाउँहरूमा बढी देखापरेको यथार्थ हो । त्यसैले अमेरिकी सीडीसीका निर्देशकले पनि ‘डेल्टा भाइरस खोप नलगाएका मानिसका लागि भएको महामारी’ भनेर टिप्पणी गरेका छन् ।
डेल्टाविरुद्ध खोप कत्तिको प्रभावकारी छ ?
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार मोडेर्ना अथवा बायोटिक-फाइजर खोप डेल्टा भाइरसविरुद्ध प्रभावकारी छ । त्यही निष्कर्षलाई ‘न्याचर’मा प्रकाशित अनुसन्धानको निष्कर्षले पनि थप प्रमाणित गरेको छ । जसमा बायोटिक-फाइजर वा अक्सफोर्ड-एस्ट्राजेनिकका दुवै डोज लगाएका व्यक्ति सुरक्षित रहने उल्लेख छ ।
बेलायतमा गरिएको अनुसन्धानले डेल्टाविरुद्ध एक डोजको मात्रा लगाएका व्यक्तिका लागि खोप ३० दशमलव ७ प्रतिशत र दुवै डोजको मात्रा लगाएका व्यक्तिमा ८८ प्रतिशत प्रभावकारी छ ।
प्रारम्भिक अनुसन्धानमा जोनसन एण्ड जोनसन खोप पनि नयाँ प्रजातिका लागि प्रभावकारी पाइएको छ । केही व्यक्तिलाई खोपको दुवै डोज लगाएको दुई हप्तापछि पनि कोभिडका लक्षण देखा पर्न सक्छन् तर गम्भीर बिरामी बनाउने सम्भावना ज्यादै कम हुने वैज्ञानिकहरूले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार