शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टी भित्र हार्दिकता सहितको एकता अपरिहार्य-रावल

पार्टी भित्र हार्दिकता सहितको एकता अपरिहार्य-रावल

  • बिहिबार, साउन २१, २०७८
पार्टी भित्र हार्दिकता सहितको एकता अपरिहार्य-रावल

बाजुरा कांग्रेसको वार्ड तहको क्रियाशिल विवाद केन्द्रमा पुगे संगै माथिल्लो तहका नेता देखी तल्लो तहका कार्यकर्ता सम्म एक अर्कोलाई दोषारोपण गर्दै सामाजिक संजालमा बिबाद छताछुल्ल गर्न लागिपरेका छन् ।

यसै कुरालाई मध्यनजर गर्दै नेवि संघ त्रिभुवन बिश्वविधालय समिति सचीव एवम् कांग्रेस युवा नेता योगेन्द्र रावलले पार्टी भित्र हार्दिकता सहितको एकता नहुदा पार्टी गम्भीर अवस्थामा पुगेको भन्दै जिल्ला पार्टी नेतृत्वको ध्यानाकर्षण गराउदै एकताको पहल गर्न आग्रह गरेका छन ।  साथै नेता रावलले पार्टीको आन्तरिक निर्वाचनमा कोहि हारौला,कोहि जितौला तर संसदिय मोर्चाका निर्वाचनमा भने सबैले जित्नैपर्ने दायित्व रहेको भन्दै त्यो साझा प्रयत्न बाट मात्र सम्भव हुने उल्लेख गरेका छन् । नेता रावलले कस्को स्वार्थका निम्ति दुधकोशि गाउँपालिकाको छाप दुरुपयोग गरि बाजुरा कांग्रेसको क्रियाशिल सदस्यतामा बिबाद गरेको भन्दै नेतृत्व माथी प्रश्न समेत गरेका छन|

नेता रावलले सामाजिक संजालमा लेखेका छन-“कांग्रेस नेतृत्व समस्या होईन समाधान हुनपर्थ्यो, त्यो कौशलता जिल्ला नेतृत्वमा देखिएन । नेतृत्वको दृष्टिविहिनताले राम्रो गर्न खोज्नेहरु निरुत्साहित भएका छन् भने खराब गर्नेहरु उत्साहित| जसलाई हामी नेतृत्व भनिरहेका छौँ,तिनले राम्रो काम गरेर श्रेष्ठता हासिल गर्नुभन्दा केन्द्रका नेताको चाकडि गरेर राजनैतिक गुजारा मात्र चलाएको देख्दा अचम्म लाग्छ । सर्वसम्मत जिल्लामै टिकट बितरण गर्दा दुई तिहाई स्थानीय तहमा निर्वाचित भएको बाजुरा कांग्रेस आज कस्को स्वार्थका निम्ति दुधकोशी गाउँपालिकाको छाप दुरुपयोग गरि क्रियाशिल सदस्यतामा बिबाद गर्दैछ? स्मरण रहोस् – हामी केवल पार्टीको महाधिवेशनमा मात्र होईन स्थानीय,प्रदेश हुँदै संघिय संसदको निर्वाचनको पनि एक साथ तयारीमा जुटिरहेका छौँ  । पार्टीको आन्तरिक अधिबेशनमा कोहि जितौला,कोहि हारौला तर संसदिय मोर्चाको निर्वाचनमा भने सबैले जित्नै पर्ने दायित्व छ जुन साझा पर्यत्न बाट मात्र सम्भव छ| हार्दिकता सहितको एकताका लागि तत्काल पहल गरौँ  । जय नेपाल!”

चर्चामा

सम्बन्धित समाचार