धगनढी — आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा कैलालीको लम्कीका खेमराज खनाल पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खनाललाई पक्राउ गरेको हो। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्रहरी भनी घुस लिने गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहका अनुसार खनालले डेढ लाख रुपैयाँ ठगी गरेको आरोप छ। थप व्यक्ति पनि उनीबाट ठगिएको सूचना आएको उनले बताए। खनाल विभिन्न प्रहरी उच्च अधिकृतहरुसँग तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्ने गर्थें। सुदूरपश्चिम सरुवा भएर आउने प्रहरी अधिकृतलाई बधाई दिने सूचीमा उनी अगाडि हुन्थे।
उनलाई गत वर्ष प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालले सम्मान गरेको थियो। तर तत्कालीन कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी हरिबहादुर पालले उनको चरित्र ठिक नभएको भन्दै सम्मान खोस्ने निर्णय गरेका थिए।
आफूलाई पत्रकार बताउने खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्ति भएका थिए। २०६१ सालमा धनगढीबाट प्रकाशन हुने एक राष्ट्रिय दैनिकबाट खनालले पत्रकारकारिता सुरुवात गरेका थिए। सो समयमा उनी अछामबाट धनगढीको राष्ट्रिय दैनिकका लागि समाचार पठाउने गर्थे। दिनेश खवर बाट