दमन हुन्छ जनता माथि अत्याचार हुन्छ,
गरिब माथिनै आकार्मण बारमबार हुन्छ।
जीवनभरी दुश्मनको बिरुद्धमा लडेकै हुँ,
कहिले त यही लडाई पनि आरपार हुन्छ।
फाल्छौँ राष्ट्रघाती जनघाति जनशंघर्ष ले,
राम्रो छान्छौ फेरीपनि उस्तै सरकार हुन्छ।
आखिर केछ त्यो बालुवाटारमा हेर्नु पर्ला,
त्यसको अनत्यगर्ने नि कुनै औजार हुन्छ।
जनताले बलिदान दिएर शहिद भए पनि,
बिड्मबना किन होला सदैभरी हार हुन्छ।
यो देश सेते जस्तै जनताको पनि नेताजी,
देशभित्रै क्रान्तिगर्न जन्मेको औतार हुन्छ।
सुरेशकुमार पान्डे।