सुरेशकुमार पान्डे — देशलाई हामिले एउटा खतराबाट जोगाउँने कोसिश गर्छौं देश पुनःआर्को खतरामा पुग्छ।हाम्रो देश सुगौलिमा भएको सन्धिबाट अर्ध उपनेबेशिक अबस्थामा झरेपछि अहिले सम्म देशले कांचुलि फेर्न सकेकोछैन।देशमा बिकाशको एजेण्डानै बन्दैन।बिदेशी सँग कस्तो सन्धि गर्ने र सम्झौता गर्ने अनि उस्लाई कसरी खुसि पार्ने मात्र सरकार पक्षको चासो त्यसैमाछ।जनताले साडे छ दसक सम्म बलिदानि पूर्ण शंर्घष गरेर देशको सम्बिधान निर्माण गरे तर त्यो सम्बिधानलाई कार्यान्वनको बेलामा खिचलो सुरु गराएर देशलाई अग्रगामि दिशा तर्फ डोराउँन सकिन।सन्धिले सबैको समस्यालाई समेट्न नसकेको होला थुप्रै त्रुटिहरु रहेका होलान त्यो छुट्टै छलफलको कुराहो सम्बिधान भनेको अनन्तकाल सम्म जस्ताको तस्तै रहिरहने चिज पनि होईन आबस्याकता अनुसार त्यसमा सन्सोधन हुन्छ राम्रो नीतिलाई राखेर गलत बिचारलाई फाल्न सकिन्छ।जनताले राष्ट्रीयता र गणतन्त्रको बिषयमा अब्रोध आएको बिषय बस्तुलाई फाल्न आवाज उठाउँछन छलफल हुन्छ र त्यसमा समाधान पनि हुन्छ तर त्यसलाई लागु गर्ने भन्दा पहिले खराबछ भनेर कार्यन्वयननै नगर्ने सम्बिधानलाई जलाउँने आपसमा खिचा तानि गर्ने जुन परमपरा बस्यो त्यो गलत पद्धतिहो।त्यसैले गर्दा देशले बिकाशको गति लिन सकेकोछैन।
हामिले सम्बिधानमा गणतन्त्रको सँग सँगै आएको संघियताको बिरोध गरेपनि गणतन्त्रलाई सम्मान गर्दै कार्यान्वयन गर्न आवहान गर्दै आयौं।धर्म नरपिक्षियता सबै धर्माबलम्बिहरुको हितमा हुनेभएकोले त्यो देशहितमाछ भनेर कार्यारुप दिन आबहान गर्यौं।देशमा हिंदु धर्मलाई फर्काउँन खास गरेर छिमेकिले सबै राजनीतिक पार्टीहरुलाई उक्साउँने काम गर्दै आयो र उस्ले सम्बिधानलाई पनि स्विकार गरेन।उसैको ईसारामा गठित पार्टीले त्यसको बिरोध गर्नु स्वाभाविकहो तर राष्ट्रीयताको हितमा गठित भएका राजनीतिक शक्तिहरुले सम्बिधानलाई सकारत्मक रुपमा लिएर अगाडि बढ्नुपर्छ।
देशलाई अखण्ड राख्न सबै देशभक्तहरुको एकताको आबस्याकता हुन्छ।हामिले बिगतको ईतिहाश बाट पाठ सिकेर अगाडि कार्ययोजना बनाउँनु पर्छ।हाम्रो अदुरदर्शियताले देशलाई त्यो चौबाटोमा खडा गरेकोछ जँहा बाट देश अन्दोलमा परेको आभाश हुन्छ।पटक पटक जनताले आन्दोलन गर्छन तर ठुल ठुला राजनीतिक शक्तिहरुले आ-आफ्नो नीजि स्वार्थ पुरागर्न देशलाई पुन प्रतिगमन तर्फ ढेक्लन थाल्छन।यस्तो जैले पनि हुँदै आएकोछ।सात साल पछिको ईतिहाशमा हामिले देख्छौँ राजनीति अदुरदर्शिएताले नै देशलाई पुन प्रतिगामि धरातलमा उभ्याई दिएकाछन।
२००८सालमा त्रिभुवनले राजनीतिक पार्टीहरुलाई माछो माछो भेगुतो गराएपछि लगातार देशमा जनताले बलिदानि पुर्ण शंघर्ष गर्छन नेताहरुले आफ्नो स्वार्थ पुरागर्न सार्वभौम सत्ता राजातन्त्रमा बुझाई दिन्छन।नेताहरुले नै देशलाई अहिलेको तरल अबस्थामा पुराएका हुन।जनताले त सदैभरी निरन्तर आफ्नो प्राणको बाजि लगाएर राजाबाट सार्वभौम सत्ता खोसेर ल्याउँछन।आफ्नो रगत बगाएर प्राण देशलाई अर्प्रण गरेर ल्याएको ब्यबस्था बिभिन्न बहानामा राजतन्त्रले खोसेको ईतिहाश सांचिछ।
देशलाई राजनीतिक शक्तिहरुले राजाले भन्दापनि झन बढि खतरमा हाल्दै आएकाछन।राजा र राणाहरुले पनि बिदेशीको जि हजूरी गरेर साशन गरेका हुन तर पनि अहिलेको जस्तो खतरा त्यो बेला थिएन।अहिले त खुलेआम हश्तक्षेप हुन्छ।देशभित्र पसेरपनि हश्तक्षेपगरेको बिगतका कयौं घटनाहरुले पुष्टि गर्छन।
वास्तबिक रुपमा भन्नु पर्दा उपरोक्त सबै भएको बिभिन्न राजनीतिक पार्टीहरुले सहि समयमा ठोंश बिष्लेषण गर्न नसक्नु राष्ट्रीयता पर्ति गम्भिर बन्न नसक्नुले पनि हो।ठुला राजनीतिक दलहरुले सत्ता आफ्नो पोल्टीमा पार्न अप्नाएको लापर्वाहीले गर्दा बारमबार देशको सार्वभौम सत्तालाई राजतन्त्रले उपयोग र उपभोग गर्न पायो।बिदेशीहरुको चलखेलमा बृद्धी भयो।यसैले गर्दा देशमा आजपनि ठुलो खतरा बिदेशि हश्तक्षेप र प्रतिगमनको रहंदै आएकोछ।
अहिले ओलिको प्रतिगामि र असम्बैधानिक पाईलाको बिरुद्धमा शंर्घष भयो र ओलिलाई पाखा लगाईयो।यो आबस्याक पनि थियो किन भने ओलिले आफैलाई एक नम्बरको शाशक ठान्ने गम्भिर गलति गरेका थिए त्यसैले गर्दा उन्लाई पाखा लगाउँनु समयको माग थियो।उन्को त्यो अहेंकार को अनत्य अनिबार्य हुन जान्छ त्यहि रुपमा पाँच राजनीतिक दलिय अभियानले उनलाई पाखा लगायो।यद्द्यापि पाँचै राजनीतिक पार्टीहरुको बिचमा धेरै राजनीतिक भिन्नता छ तर पनि राष्ट्रीयता र गणतन्त्रको हितमा नेपाली कांग्रेस, मधेशीवादी दल,माओवादी राजमो जस्ता दलहरुले देशलाई प्रतिगमन को संघार बाट फर्काउँन सफल भएपनि देशमा प्रतिगामि खतरा रहिरहेकोछ।आउँने दिनहरुमा त्यो शेरबहादुर देउवा आफैले पनि कस्तो नीति अपनाउँछन त्यसमा भरपर्छ।उन्ले बिगतका दिनहरुमा चार पल्ट प्रधान मन्त्रि बनेका ब्याक्ति हुन।अहिले उन्ले पाँचौ पल्ट प्रधान मन्त्रीको पदभार सम्मालेकाछन।तर अहिले ओलिको भन्दा कम खतरा छैन भन्नेकुरालाई बुझ्नुपर्छ।प्रधान मन्त्री शेरबहादुर ज्युले आफुले बिगतमा गरेको तमाम गलति सँग पाठ सिकेर आफ्नो यो डेड् बर्षको कार्या काल पुरागर्नेछन भन्ने धेरैलाई आशछ।खास गरेर एमसीसीलाई खारेज गरेर देशलाई एउटा साम्राज्यवादको रणभूमि बन्न बाट रोक्नेछन भन्ने जनताले आश गरेकाछन।एमसीसीले देशलाई ठुलो दुर्घटनामा ढेकल्नेछ भन्ने हामिलाई लाग्छ।देशमा बिगतमा गरेको जस्तो लाप्रबाही र अदुर्दर्शियताले देशलाई ठुलो संकटमा लग्ने देखिन्छ।