सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • बाजुरा सदरमुकाम मार्तडी बजारमा मास्क बैकं स्थापना

बाजुरा सदरमुकाम मार्तडी बजारमा मास्क बैकं स्थापना

  • शुक्रबार, साउन १५, २०७८
बाजुरा सदरमुकाम मार्तडी बजारमा मास्क बैकं स्थापना

जंग रावल — जिल्लाको सदरमुकाम मार्तडी बजारमा कोभिड १९ रोकथामका लागि भन्दै मास्क बैक स्थापना गरिएको छ । कोरोना भाईरसबाट बच्न मास्क लगाउ कोरोना भगाउ भन्ने. उदेस्यका मास्क बैकको स्थापाना गरिएको हो ।
सहयागी हातहरुको समुह साहस नेपाल नामक गैर सरकारी सस्थाले कोभिड १९ को तेस्रो भेरीएण्ट नेपालमा आए संगै बजार क्षेत्रमा मास्क बैकको स्थापाना गरिएको साहस नेपालका परियोजना संयोजक राम बहादुर खत्रीले बताएका छन ।
कोभिट १९ रोकथाम तथा नियन्त्रणका लागि सममाजिक संस्थाहरुल बिभिन्न अभियान संचालन गरेका छन । सोही अनुसार साहस नेपालले बजार क्षेत्रमा मास्क किन्न नसक्ने हरुका लागि मास्क बैकको स्थापना गरेको साहस नेपालका परियोजना संयोजक खत्रीले बताए ।
साहस नेपालको आर्थिक सहयोग नेपाल पत्रकार महासघं बाजुरा शाखाको समन्वय र बडिमालिका नगरपालिकाको आयोजनामा मास्क बैकको स्थापना गरिएको जनाएको छ । सुक्रबार एक कार्यक्रमका बिच मास्क बैकको औपचारीक उद्धघाटन गरी संचालनमा ल्याएको साहस नेपालले जनाएको छ ।
बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुरा शाखाका बरिष्ठ उपाअध्यक्ष पदम बहादुर सिहं अतिथि रहेका थिए । साहस नेपालका परियोजना अधिकृत राम बहादुर खत्रीले संचालन गरेको सो कार्यक्रमको उद्धघाटन बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्टले गरेका थिइन ।
सो कार्यक्रममा जिल्ला स्थित बिभन्न संचार माध्याममा कार्यरत पत्रकार हरु बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार