केशव ज्ञवाली ‘आगत’
१
भोकै रहेछ थाल
बेसुरको बज्यो ताल
तुफानको जस्तो छ चाल!
२
प्रकृति दिव्य खानी
नयाँ खोज्दै छु बिहानी
गन्तव्यसम्म जिन्दगानी!
३
हाँस्यो फूलको पत्र
जवानीको उम्र सत्र
मन यो नाच्दै छ सर्वत्र!
४
बनाऊ सफा खुन
जिन्दगीको नयाँ धुन!
रातमै चम्किन्छ त्यो जून!
५
बिरानो भयो घर
छोरो विदेशमै छ र
रोइन् आमा सम्झना गर!
६
झुन्ड झुन्डियो धेरै
हाँगो भाँचियो सबेरै
ठगियो फेरि देश मेरै!
७
खुकुरी छ रीढमा
शान्ति खोज्दै छ भीडमा
मान्छे बाँचेको छ चिजमा!
८
लागेछ बल्ल ठेस
पुगिसक्यो तिम्रो केश
लुटिरह्यौ सधै यो देश!
९
सत्ताकै सधै युद्ध
कता गएछन् त बुध्द?
भेट्दिन म कुनै प्रबुद्ध!
१०
बनूँ म बेसी- टार
जिन्दगी यो होस् बहार
नबनूँ म कसैको भार!