बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • साहस नेपालद्धारा नगरपालिका र अस्पतालालाई स्वास्थ्य साम्रगी बितरण

साहस नेपालद्धारा नगरपालिका र अस्पतालालाई स्वास्थ्य साम्रगी बितरण

  • सोमवार, साउन ११, २०७८
साहस नेपालद्धारा नगरपालिका र अस्पतालालाई स्वास्थ्य साम्रगी बितरण

 बाजुरा — सहयोगी हातहरुको समुह साहस नेपालले जिल्ला अस्पताल बाजुरा र बडिमालिका नगरपालिकालाई स्वास्थ्य साम्रगी हस्तान्तरण गरेको छ । कोरोनाको जोखीम कायमै रहेको अबस्थामा जिल्ला अस्पताल र बडिमालिका नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा केही सहयोग पुगोस भन्ने उदेस्यका साथ स्वास्थ्य साम्रगी हस्तान्तरण गरिएको साहस नेपालका परियोजना अधिकृत राम बहादुर खत्रीले बताएका छन ।
साहस नेपाल नामक गैर सरकारी संस्थाद्धारा बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुरामा पिपिइ सेट १२ सेट, सर्जीकल ग्लोब्स २५ थान, सर्जिकल माक्स २० डिब्बा, पल्स अक्सोमिटर १० पिस, थर्मोमिटर १० ओटा फेश सलाइड ४० ओटा र ७ ओटा अक्सीजन सिसलण्डर हस्तान्तरण गरिएको खत्रीले बताए ।
सोमबार एक कार्यक्रमका बिच बडिमालिका नगरपालिकामा सो साम्रगी जिल्ला अस्पताल र बडिमालिका नगरपालिकाको स्वास्थ्य शाखामा हस्तान्तरण गरीएको साहस नेपालले जनाएको छ ।
भाबि पुस्ताका लागि समृद्धि न्यायिक सम्मान भन्ने नाराका साथ कोभिड १९ प्राभाबितहरुको स्वास्थ्य सेवा प्रभाहका लागि सो साम्रगी हस्तान्तरण गरिएको जनाएको छ ।

No description available.
बडिमालिका नगरपालिकाको आयोजनामा संचालन भएको सो कार्यक्रमको परियोजना अधिकृत राम बहादुर खत्रीले संचालन गरेका थिए । साम्रगी हस्तान्तरण कार्यक्रममा अतिथिको रुपमा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, उप प्रमुख कबिता बिष्ट, निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक, जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरी, पत्रकार महासघं बाजुराका बरिष्ठ उपाअध्यक्ष पदम बहादुर सिहं, बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्का लगायत पत्रकारहरुको उपस्थिीती रहेको थियो ।
स्वास्थ्य साम्रगीहरुमा जिल्ला अस्पताल बाजुरालाई अक्सीजन सिलीण्डर र रेगुलेटर उपलब्ध गराएको छ भने पिपिइ सेट १२ सेट, सर्जीकल ग्लोब्स २५ थान, सर्जिकल माक्स, पल्स अक्सोमिटर, थर्मोमिटर, फेश सलाइड लगायत साम्रगी बडिमालिका नगरपालिका स्वास्थ्य शाखालाई उपलब्ध गराएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार