शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • बल्छी धुर्बे बने गायक

बल्छी धुर्बे बने गायक

  • सोमवार, साउन ११, २०७८
बल्छी धुर्बे बने गायक

पछिल्लो समयका चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छि धुर्बे’ गायकको रुपमा समेत अगाडि आएका छन् । उनको स्वरमा रहेको नयाँ तिज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ ।
गीतमा श्रेष्ठलाई गायिका सपना पौडेलले स्वरमा साथ दिएकी छन् । गायिका सपनाकै लय, शब्द र संगीत रहेको गीतमा सुदिप सागरको एरेन्ज रहेको छ ।

लोकप्रिय टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार तथा निर्देशक समेत रहेका श्रेष्ठको यो गीतको भिडियो उनीको अलवा राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमिल्सना र सविना आचार्यको.साथै सिरियल ‘हल्का रमाइलो’का अधिकांस कलाकारको अभिनय समेटिएको छ ।

गायिका सपना कलाकार राजु पौडेल ‘राजु माष्टर’को श्रीमती हुन् । सपनाले यसअघि पनि केही गीत गाएकी छन् । आइतबार युट्युव मार्फत सार्वजनिक गीतले समाचार तयार गर्दासम्म साढे तीनलाख बढी भिउज पाउन सफल भएको छ ।

सौरभ लामाको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो दीपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार