शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएका व्यक्ति बुढानीलकण्ठबाट पक्राउ

बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएका व्यक्ति बुढानीलकण्ठबाट पक्राउ

  • सोमवार, साउन ११, २०७८
बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएका व्यक्ति बुढानीलकण्ठबाट पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन् ।

उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले भण्डारीलाई १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले भण्डारीलाई आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ ।

भण्डारीले २०७८ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्या मुक्तिनाथ बिकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटेर दिएकी थिइन् ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

भण्डारीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा आइतबार पेश गरिएको छ भने उनलाई आइतबार नै कारागार चलान गरिएको ब्‍यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्‍याम कुमार महतोले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार