मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • केदारस्युँमा सञ्चालित उपाध्यक्ष पोषण कोसेली कार्यक्रम 

केदारस्युँमा सञ्चालित उपाध्यक्ष पोषण कोसेली कार्यक्रम 

  • शनिबार, साउन ९, २०७८
केदारस्युँमा सञ्चालित उपाध्यक्ष पोषण कोसेली कार्यक्रम 

शिवजी मण्डेल/ बझाङ — केदारस्युँ गाउँपालिका उपाध्यक्ष निशा धामी द्वारा सञ्चालित उपाध्यक्ष पोषण कोसेली कार्यक्रम साउन ८ गते वडा नम्बर ९ मा गरिएको छ ।
उपाध्यक्ष पोषण कोसेली कार्यक्रम अन्तरगत आज केदारस्युँ गाउपालिका वडा नम्बर ९ मा गर्भवती सुत्केरी आमाहरूलाई विभिन्न पोषणयुक्त फलफूल लगाएका सामाग्री कोसेली दिइएको हो ।
वडा भरिका स्वास्थ्य संस्थामा चेकजाँच गरि स्वास्थ्य संस्थामा सुत्केरी भएकी ३० जना आमाहरूलाई पोषणयुक्त फलफूल अण्डा सरसफाइका सामाग्री झोला कोल्केट ब्रस लगायतका समानहरू वितरण गरिएको उपाध्यक्ष धामीले बताउनुभयो ।
अहिले पनि कोरोना कहर कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सामाजिक दुरि कायम गरि कोसेली वितरण गरिएको उनलेे बताइन् ।
अहिलेसम्म वडा १,२,३,४,६,७,८,र ९ वटा वडामा कार्यक्रम गरिसकेको र वडा नम्बर ५ बाँकीरहेको र केही दिनमा गरिने पनि उहाँले बताउनुभयो ।

यस कार्यक्रमले नेपाल सरकारको स्वास्थ्यको निति अनुसार गर्भवती भएका महिलाहरू गर्भवती हुने महिलाहरू र जन्मिएको बच्चाहरूलाई बारम्बार चेकजाँच गर्ने खोप लगाउने तर्फ आकर्षण हुने विश्वास राखेको उपाध्यक्ष धामीले बताएकी छन् । बारम्बार चेकजाँच गर्दा आफ्नो स्वास्थ्य र बच्चाको स्वास्थ्य पनि स्वस्थ रहने जस्ता कुराहरू पनि आमाहरूलाई आफूले बताएको उपाध्यक्ष धामीको बनाइ रहेको छ ।
उक्त उपाध्यक्ष पोषण कोसेली कार्यक्रममा गाउँपालिकाको आर्थिक सहयोग सञ्चालन गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार