बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • नेता गिरीलाई सभापती लड्न कार्यकर्ताको चर्को दवाब

नेता गिरीलाई सभापती लड्न कार्यकर्ताको चर्को दवाब

  • बुधबार, साउन ६, २०७८
नेता गिरीलाई सभापती लड्न कार्यकर्ताको चर्को दवाब

बाजुरा — नेपाली कांग्रेसको १४औं महाधिवेशनको पुर्व सन्ध्यामा जिल्ला-जिल्लामा चुनावी माहोल तातेको छ| चिया पसल देखि चोक-चोकमा कांग्रेसको जिल्ला अधिबेशनमा कुन समुहले बाजि मार्ने चर्चा परिचर्चा भैरहेका छ । बाजुरा जिल्लामा पनि काग्रेस अधिबेशन रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

चुनाबी प्रतिस्पर्धामा थुप्रै नेताहरुले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरे पनि कांग्रेस नेता एवम् पुर्व मन्त्री जनक गिरिको जिल्लाभरि बलियो पक्कड रहेको बुझिएको छ। नेता गिरिलाई जिल्ला भित्रका हरेक वार्ड तह बाटै पार्टी सभापतिमा उम्मेदवारी दिन युवा दस्ताहरुले दबाब दिरहेका छन् । बडिमालिका खवरले नेता गिरिलाई तपाईलाई पार्टी सभापतिमा उम्मेदवारी दिन युवाहरुले दबाब दिदै आएका छन् के गर्नुहुन्छ भनी सोधेको प्रश्नमा नेता गिरिले आफ्नो पार्टी सभापतिमा उम्मेदवारी दिने सोच नभए पनी आम कार्यकताको चाहाना मलाई पार्टी सभापति बनेको देख्न चाहेकोले म तिनै नेता कार्यकर्ताको भावनाको प्रतिनिधित्व गरि अघि बड्ने निष्कर्षमा पुगेको बताए ।

नेता गिरिको उम्मेदवारी हुने भएपछि पार्टी भित्र बनेका पुराना समीकरणहरु भत्कने निश्चित भएको छ। यो संगै युवाहरू उत्साहित भएका छन् भने नेता गिरि समूह नै पार्टी नेतृत्व कब्जा गर्ने चर्चा सुरु भएको छ । अधिबेशन को पुर्ब सन्ध्या मा बाजुरा जिल्ला को विभिन्न स्थानिय तहका नेता तथ कार्यकर्ता भेटघाट गर्ने क्रम मा पनि सबै ले यो पटक लाई पार्टि संगठन बलियो बनाउने र समग्र युवा हरु लाई समेट्न सक्ने उच्च छवि र निस्टा को राजनिती गर्दै आएका नेता गिरीलाइ लाई नै साथ र सहयोग रहने कार्यक्रताहरूकाे भनाइ रहेकाे छ।

चर्चामा

सम्बन्धित समाचार