कटपुत्लिको पोषाक उपहार दिंदा मख्ख पर्छन,
नारिजातलाई झुठ मुठ प्यार दिंदा मख्ख पर्छन।
जनम जात वांचित गराए ता पनि सम्पति खोसेर,
एक चुट्की शिन्दुर लाई उधार दिंदा मख्ख पर्छन।
छोरी बैनी बुहारी आमा हुँन आधा आकाश नारी,
अधिकार दोस्रो दर्जा अनुसार दिंदा मख्ख पर्छन।
पुरुसको आश्रृतमा बाँच्न बाध्य हुन्छन यिनै नारि,
जीवन भरी लाई कामको भार दिंदा मख्ख पर्छन।
रातो पोषाक हरिया चुरा भए पुग्ने केजात होला,
अर्का घरमा सदै रित्तो निदार दिंदा मख्ख पर्छन।
लुटेर उन्को अश्मिता खोस्छन सबै हक अधिकार,
मयाँको बद्ला दुईचार हजार दिंदा मख्ख हुन्छन।
कति सहनसिल हुँन्छन हाम्रो देशका महिला मित्र,
आंखा भरी सदै साउँन असार दिंदा मख्ख पर्छन।
सुरेशकुमार पान्डे।