शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • समन्वय र पहुँचले बडिमालिका ७ मा बार्षिक २४ करोड भन्दा बढि विकासे बजेट

समन्वय र पहुँचले बडिमालिका ७ मा बार्षिक २४ करोड भन्दा बढि विकासे बजेट

बाजुरामा सबै भन्दा बढि बजेट भएको वडा

  • आइतवार, साउन ३, २०७८
समन्वय र पहुँचले बडिमालिका ७ मा बार्षिक २४ करोड भन्दा बढि विकासे बजेट

बाजुरा–बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ मा आर्थिक बर्ष ०७८।०७९ मा २४ करोड भन्दा बढि विकास बजेट रहेको छ । संघ, प्रदेश र स्थानियको गरेर २४ करोड भन्दा बढि बजेट वडामा रहेको वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । बाजुरामा सबै भन्दा बढि बजेट भएको वडा रहेको छ ।
आर्थिक बर्ष ०७८।०७९ मा संघ बाट १८ करोड ७४ लाख, प्रदेश बाट ४ करोड ४ लाख, नगरपालिका बाट ८१ लाख, वडाको २४ लाख २५ हजार र गैर सरकारी संस्थाको ८८ लाख विकासे बजेट रहेको वडा अध्यक्ष पाध्यायले बडिमालिका खबरलाइ बताएका छन् । सबै गरेर वडामा विकासे बजेट मात्र २४ करोड ७१ लाख २५ हजार रहेको छ ।
सोही वडा बाट मार्तडी कोल्टि सडक खण्ड कालोपत्रे भइरहेका भएपनि उक्त बजेट भने यसमा नसमेटिएको अध्यक्ष पाध्यायले वताएका छन् । संघको बजेट बाट ११ करोड २३ लाख १० शैय्याको अस्पताल, स्थानिय र संघ सरकारको सहकार्यमा ६ करोड ९७ लाखको कालाजाग्रा पार्क तथा पदमार्ग र ५४ लाखमा सरस्वती आधारभुक्त बिद्यालयमा रहेको छ ।
प्रदेश बाट वडामा २१ योजनाका लागि ४ करोड ४ लाख बिनियोजन रहेको छ । वडा अध्यक्ष धर्मराज पाध्यायले भने प्रदेश र संघ सरकार सँग समन्वय सहकार्यमा बजेट आएको वताए । केही सम्वन्य हो, केही बजेट पहुँचको आधारमा आएको हो । प्रदेश आर्थिक मामिला मन्त्रि प्रकाश शाहका निजि सचिब जंग बिक पनि त्यहि वडाका बासिन्दा रहेका छन् ।
प्रदेश सरकार बाट तलागाउँ सिराडि बाख्रा पालन ३० लाख, दमाई टोल मन्दिर १० लाखु, जिल्लि सिचाई ८० लाख, समाज सुधार भवन निर्माण २० लाख, समाज सुधार कृषि सहकारी भवन ३५ लाख, जिल्लि माउलेख सिराडि सडक ३१ लाख र जिल्लि तलगाउँ खानेपानी १५ लाख बजेट बिनियोजन भएको हो ।
त्यस्तै भुगाडिपाटा खानेपानी ८ लाख, गुल्ढुङरा सिराडि खानेपानी ८ लाख, तलगाउ तड्बन्धन १० लाख, विडा र विडापरि सिचाइ २० लाख, बम्कनेखोला विडा सेरा खापा ८ लाख, लक्ष्मिमावि घेरपर्खाल २० लाख रहेको छ । ऋषिमाण्डौ सिचाइ २५ लाख, ददुलि सिचाइ १० लाख, ढम्कने खानेपानी ८ लाख, ज्ञानोदय मावि आईसिटि २२ लाख, शेरसिह गुम्बा निर्माण २५ लाख, बागटि सिचाइ १० लाख र पाल्तरान बकेजुल तड्बन्धन १० लाख रहेको छ ।
गत बर्ष पनि यो वडामा सबै भन्दा बढि बजेट रहेको वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । प्रदेश सरकार बाट सधैका बर्ष सबैभन्दा बढि यहि वडामा बजेट आउने गरेको छ । बजेट जसरी आएको छ, त्यहि अनुसार कार्यनवयन हुनुपर्ने स्थानियले वताएका छन् । योजना धेरै आएपनि दिगोपन विकास भने नहुने गरेको गुनासो स्थानियले गरीरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार