कोई छचल्किन्छन यँहा कहानी बनेर सदै,
धेरै मचल्छन दिनौ रात जवानी बनेर सदै।
कसैले डुबायो जीन्दगानि पनि मानिशको,
बर्षाको भल झैँ आखाको पानी बनेर सदै।
छन कयौँ अप्राधका साँचिहरु समेत पनि
बासा बस्छन टाउकाको सिरानी बनेर सदै।
पुँजि प्रधान समाज हो बुझि राखौँ अब त,
घर बार नै उठाउँने गर्छन दानि बनेर सदै।
आफ्नैले पनि गर्ने गर्दछन घात सजिलरी,
मिठो बिचार ब्यबहारमै वैमानि बनेर सदै।
लुट्ने पनि कला चाहिँदो रैछ केथा म लाई,
लुटेरापुगे हियामा आखाकै नानी बनेर सदै।
सुरेशकुमार पान्डे।