
बाजुरा १ साउन — दुुई ओटै मृगौला फेल भएर काठमाण्डौ स्थित बीर अस्पतालमा उपचार गराई राखेका नविनबहादुर शाहीलाई नेकपामाओवादी केन्द्र बाजुराको पहलमाआर्थिक सहयोग गरिएको छ ।
जगन्नाथगाउँपालिका ४ गोत्रीका २६ वर्षियशाहीलाई माओवादी केन्द्रले चन्दा संकलन गरेर आर्थिक सहयोग गरेको हो ।
माओबादी केन्द्रको पहलमा बाजुरा जिल्लाकासरकारी कार्यालयकाकर्मचारी र व्यापारीबाट संकलनभएको ७८ हजार २ सय २० रुपैया आर्थिक सहयोग शाहीको खातामाजम्मा गरेको माओवादी केन्द्रका नेता महेश शाहीले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलन गरेर नविनशाहीको जीवनबचाउन सहयोगका लागिपहल गरिदिनपनि संचालन माध्यमलाई अपिल गरेको छ । शाहीलाई मोबाईल बैंक सेवामार्फत २२ हजार १ सय र नगद रकम ५५ हजार १ सय २० सहयोग गरेको हो ।नगद उठेको ५५ हजार एक सय बिस रुपैया आजै शाहीको खातामा पठाएको नेताशाहीले बताए ।
लामो समय सम्म काठमाडौंमा उपचार गराइरहेका शाहीलाई भदौ भित्र मृगौला प्रत्यारोपण गर्न स्वास्थ्यकर्मीको सुझाव छ । शाहीकाआफन्तले मृगौलादिने बताएपनि डाइलासीस समेतको उपचारका लागि आर्थिक अभाव देखिएको छ । थोरै भएपनिआर्थिक सहायताकालागि पार्टीगत पहलगरिएको माओवादी केन्द्रका कार्यालय सचिवगोरख सार्कीले बताएका छन् । पत्रकार सम्मेलनमा माओवादी नेता सुरेश विक र चन्द्रबहादुर थापा सहीत सहभागिथिए ।

