शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकामा कोरोनाका बिरामी र लाश बोक्ने चालकले पाएन जोखिम भत्ता

बडिमालिकामा कोरोनाका बिरामी र लाश बोक्ने चालकले पाएन जोखिम भत्ता

  • शुक्रबार, साउन १, २०७८
बडिमालिकामा कोरोनाका बिरामी र लाश बोक्ने चालकले पाएन जोखिम भत्ता

बाजुरा–बडिमालिका नगरपालिकामा कोरोनाका बिरामी र शव बोक्ने चालकले कोरोना जोखिम भत्ता नपाएको पाईएको छ । नगरपालिकाले स्वास्थ्यकर्मी, प्रशासन, लेखा तथा अन्य कर्मचारीलाई जोखिम भत्ता दिएपनि अग्रपंक्तिमा खटिने सवारी चालकले भने भत्ता नपाएको खुलाशा भएको छ ।
नगरपालिकामा गोरख बोहरा, गणेश बडुवाल र सुुर्य वडुवाल गरेर तिन जना सवारि चालक रहेका छन् । उनिहरुले कोरानाको कहरका बेला बिरामी बोक्ने देखी लिएर कोरोना बाट मृत्यु भएकाको शव बोक्ने सम्म काम गरे तर उनिहरुले जोखिम भत्ता पाएका छैनन् ।
नगरप्रमुख पदम बडुवालले भने कार्यपालिकाले फन्ट लाईनमा रहेका स्वास्थ्यकर्मी, सवारी चालक, क्वारेन्टाइनमा खटिएका कर्मचारीलाई श्रोत खोजेर दिने निणर्य गरिएको बताए । शव बोक्ने बिरामी बोक्ने चालकले भत्ता नपाउनु दुखद रहेको नगरप्रमुख बडुवालले वताए ।
सवारी चालक मात्र नभइ कोरोनाका बेला सामान खरिद गरेर बितरणको जिम्मा लिएको स्टोर किपर तथा जिन्सी शाखाका धन बहादुर रावलले पनि नपाएको नगरप्रमुख वताए । तर प्रशासन र लेखा शाखाले भत्ता पाउने शब बोक्ने बिरामी बोक्ने सवारी चालकले नपाउनु भनेको दुुर्भाग्य रहेको उनले वताए । नगरपालिकाले २०७६ चैत ११ गते देखी २०७७ असार ३१ गते सम्म बिभिन्न क्वारेनटाइन तथा आइसोलेसनमा खटिएको भन्दै स्वास्थ्यकर्मी सहति ५३ जनालाई भुक्तानि दिएको छ ।
आर्थिक बर्ष ०७६।०७७ मा जोखिम भत्ता पाउने भएपनि बजेट अभाबमा २०७८ असारको अन्तिममा आएर ५३ जनालाई जोखिम भत्ता दिएको हो । ५३ जना स्वास्थ्यकर्मी मध्ये ८ जना भने प्रशासन, लेखा तथा अन्य कर्मचारी रहेको पाईएको छ । ८ जना अन्य कर्मचारीले जोखिम भत्ता पाउने आफुहरु पनि त्यहि अनुसार खटिएको भएपनि जोखिम भत्ता नपाएको एक कर्मचारीले बडिमालिका खबर सँग बताएका छन् ।
वडामा काम गर्ने कर्मचारी, प्राबिधिक तथा अन्य शाखामा काम गर्ने कर्मचारीले त्यो बेला प्रशासन र लेखाको कर्मचारी सरह जोखिम मोलेर काम गरेको भएपनि जोखिम भत्ता नपाएको भन्दै गुनासो गरेका छन् ।
जोखिम भत्ता पाउने को नाम स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले शिफारीस गरेका छन् । खड्का भन्छन्, स्वास्थ्यकर्मीको नाम आफुहरुले तयार गरेको हो, तर अन्य कर्मचारीको हकमा भने नगरपालिकाले यिनिहरुका नाम थप्नुपरयो भनेपछि आफुले थपेर पठाएको बताए । सवारी चालकको नाम भने आफुले नगरपालिका पठाएको हो, भत्ता पाए नपाएको कुनै जानकारी नभएको वताए ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत रङ्गमल विकले भने जोखिम भत्ता छुटेकालाई दिनका लागि छलफल गर्ने वताए । सरकारले कोरोना भाइरस को संक्रमणको उपचार संलग्न जनशक्तिको जोखिम भत्ता ब्यवस्थापना २०७७ जारि गरेको छ । निर्देशिका भनिएको छ हेल्थ डेस्क, क्वारेनटाइनमा मा कार्यरत जनशक्ति, उपचार तथा प्रयोगशालामा संलग्न जनशक्ति ले जोखिम भत्ता पाउने छन् ।
त्यस्तै स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रमा खटिएका जनशक्ति, कोभिड १९ का बिरामी सँग सम्पर्कमा आएकाहरुको खोजी कार्यमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने रहेको छ । त्यस्तै स्वास्थ्यकर्मी लगायत अन्य जनशक्ति ब्यवस्थापनमा संलग्न जनशक्ति र अनुुगमन, मुल्याङ्कन तथा ब्यवस्थापनमा संलग्न जनशक्तिले पाउने निर्देशिकामा उल्लेख रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार