शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकामा स्वास्थ्यकर्मी बाहेक अन्य कर्मचारीले जोखिम भत्ता लिएपछि…..

बडिमालिकामा स्वास्थ्यकर्मी बाहेक अन्य कर्मचारीले जोखिम भत्ता लिएपछि…..

  • शुक्रबार, साउन १, २०७८
बडिमालिकामा स्वास्थ्यकर्मी बाहेक अन्य कर्मचारीले जोखिम भत्ता लिएपछि…..

बाजुरा–बाजुराकाे बडिमालिका नगरपालिकामा प्रशासन, लेखा तथा अन्य कर्मचारीले कोरोनाको जोखिम भत्ता खाएको भन्दै अन्य कर्मचारीले बिरोध गरेका छन् । नगरपालिकाले २०७६ चैत ११ गते देखी २०७७ असार ३१ गते सम्म बिभिन्न क्वारेनटाइन तथा आइसोलेसनमा खटिएको भन्दै स्वास्थ्यकर्मी सहति ५३ जनालाई भुक्तानि दिएको छ ।
आर्थिक बर्ष ०७६।०७७ मा जोखिम भत्ता पाउने भएपनि बजेट अभाबमा २०७८ असारको अन्तिममा आएर ५३ जनालाई जोखिम भत्ता दिएको हो । ५३ जना स्वास्थ्यकर्मी मध्ये ८ जना भने प्रशासन, लेखा तथा अन्य कर्मचारी रहेको पाईएको छ । ८ जना अन्य कर्मचारीले जोखिम भत्ता पाउने आफुहरु पनि त्यहि अनुसार खटिएको भएपनि जोखिम भत्ता नपाएको एक कर्मचारीले बडिमालिका खबर सँग बताएका छन् । कोरोना बाट मृत्यु भएकाको लाश बोक्न बिरामी बोक्ने सवारी चालकले भने जोखिम भत्ता नपाएको बुझिएको छ ।
वडामा काम गर्ने कर्मचारी, प्राबिधिक तथा अन्य शाखामा काम गर्ने कर्मचारीले त्यो बेला प्रशासन र लेखाको कर्मचारी सरह जोखिम मोलेर काम गरेको भएपनि जोखिम भत्ता नपाएको भन्दै गुनासो गरेका छन् । स्वास्थ्यकर्मी बाहेक अन्य कर्मचारी जोखिम भत्ता पाउने निमित्त प्रमुख प्रशासकिय अधिकृत रङ्गमल विक, लेखा अधिकृत बिमला पाध्याय, प्रशासन अधिकृत पुष्प भट्ट, सुचना तथा प्रबिधि अधिकृत हेम थापा, लेखापाल मनिराम खत्रि, खरिदार बिर बहादुर बिष्ट, लेखापाल राम बहादुर बिक र कम्पुटर अप्रेटर बाचमल थापा रहेका छन् ।
जोखिम भत्ता पाउने को नाम स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले शिफारीस गरेका छन् । खड्का भन्छन्, स्वास्थ्यकर्मीको नाम आफुहरुले तयार गरेको हो, तर अन्य कर्मचारीको हकमा भने नगरपालिकाले यिनिहरुका नाम थप्नुपरयो भनेपछि आफुले थपेर पठाएको बताए । आफुले धेरै कर्मचारीको पठाएको हो नगरपालिकाले कतिलाइ हाल्यो रकम कुनै जानकारी नभएको वताए । आफुले त तत्कालिन निमित्त प्रमुख प्रशासकिय अधिकृत यज्ञ अर्यालको नाम समेत पठाएको हो, तर उहाँले पाएनपाएको कुनै जानकारी नभएको खड्काले वताए ।
जोखिम भत्ता पाउने कर्मचारी बिर बहादुर बिष्टले भने आफुले भत्ताका लागि काम नगरेको हो, मैले भत्ता लिदैन भनेको हो, तर मेरो खातामा पैशा आएको छ । फिर्ता गर्ने कि के गर्ने भन्ने बारे साचिरहेको वताए । तर कोरोनको जोखिमका बेला अफिसमा आएर काम गरेको उनले वताए ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत रङ्गमल विकले भने आफुहरुले काममा खटिएकाले जोखिम भत्ता पाएको हो, अर्को नगरपालिकाको निणर्य अनुसार जोखिम भत्ता पाएको हो उनको तर्क रहेको छ । सरकारले कोरोना भाइरस को संक्रमणको उपचार संलग्न जनशक्तिको जोखिम भत्ता ब्यवस्थापना २०७७ जारि गरेको छ । निर्देशिका भनिएको छ हेल्थ डेस्क, क्वारेनटाइनमा मा कार्यरत जनशक्ति, उपचार तथा प्रयोगशालामा संलग्न जनशक्ति ले जोखिम भत्ता पाउने छन् ।
त्यस्तै स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रमा खटिएका जनशक्ति, कोभिड १९ का बिरामी सँग सम्पर्कमा आएकाहरुको खोजी कार्यमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने रहेको छ । त्यस्तै स्वास्थ्यकर्मी लगायत अन्य जनशक्ति ब्यवस्थापनमा संलग्न जनशक्ति र अनुुगमन, मुल्याङ्कन तथा ब्यवस्थापनमा संलग्न जनशक्तिले पाउने निर्देशिकामा उल्लेख रहेको छ ।
बडिमालिका नगरपालिका स्वास्थ्यकर्मी बाहेक अन्य कर्मचारीले स्वास्थ्यकर्मी लगायत अन्य जनशक्ति परिचालन अनुुगमन मुल्याङ्कन तथा ब्यवस्थापन गरे बाफत लिएको हुन सक्ने बुुझिएको छ । तर भत्ता प्राप्त गर्नका लागि पुुष्टयाइ सहितको कार्यबिधि अनुसार कागजपत्र पेश गरेको हुनुपर्छ ।
नगरप्रमुख पदम बडुवालले भने कार्यपालिकाले फन्ट लाईनमा रहेका स्वास्थ्यकर्मी, सवारी चालक, क्वारेन्टाइनमा खटिएका कर्मचारीलाई श्रोत खोजेर दिने निणर्य गरिएको बताए । अन्य कर्मचारीको हकमा त प्रशासनले कसरी जोखिम भत्ता दिएको कुनै जानकारी नभएको वताएका छन् । लाश बोक्ने बिरामी बोक्ने चालकले भत्ता नपाउनु दुखद रहेको नगरप्रमुख बडुवालले वताए ।

चर्चामा

सम्बन्धित समाचार