बुधबार, साउन १३, २०७८
  • होमपेज
  • अर्थ
  • राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक

राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक

  • बिहिबार, असार ३१, २०७८
राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक

नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ। भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मोबाइल एपको शुभारम्भ गरिन्। बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमयदर, अध्ययन प्रतिवेदन, तथ्यांक लगायतका सामाग्री उक्त एपबाट प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। उक्त एप हालको निम्ति बेटा भर्सनमा उपलव्ध छ।

प्रयोगकर्ताको सुझावको आधारमा यसलाई परिस्कृत गर्दै लगिने राष्ट्र बैंकले जनाएको छ। हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टमको मोबाइलमा उपलव्ध हुनेछ। उक्त एपलाई क्रमिक रुपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ।

चर्चामा

सम्बन्धित समाचार