शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ्गकी पवित्रा काठमाडौमा मृत फेला,आफन्त भन्छन आत्महत्या होइन हत्या हो

बझाङ्गकी पवित्रा काठमाडौमा मृत फेला,आफन्त भन्छन आत्महत्या होइन हत्या हो

  • बुधबार, असार ३०, २०७८
बझाङ्गकी पवित्रा काठमाडौमा मृत फेला,आफन्त भन्छन आत्महत्या होइन हत्या हो

अर्थ जङ्ग शाही — बझाङकाे केदारस्युँ गाउपालिका ०५ की २३ वर्षिया पवित्रा गुर्धामी काठमाडौमा मृत फेला परेकीछन् । सोमबार काठमाडौ महानगरपालिका ०७ स्थित हेरिटेज बोर्डिगंको एउटा कोठामा उनि मृत फेला परेकी हुन् ।

विद्यालय स्रोतका अनुसार पवित्राले सोमबार करिब ३ बजे झुण्डिएर आत्महत्या गरेको जनाईएको छ । दिउँसो करिब ३ बजे पवित्राले झुण्डिएर आत्महत्या गरेको अवस्थामा आफुले भेटेको विद्यालयका प्रधानाध्यापक राजेस लिम्बु बताउँछन् । उनका अनुसार पवित्राले आफुबस्ने कोठाभित्र चुकुल लगाएर आत्महत्या गरेकीहुन् । उनि भन्छन्, ‘दिउँसोको समय थियो । म आफ्नो कार्यकक्षमा थिए । छोरीले के काम परेर पवित्रालाई बोलाउन खोज्दा ढोकामा सिरकहरु लगाएर बन्द गरेको देखिछन् । बोलाउँदा पनि नबोलेपछि झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखेपछि मलाई बोलाईन । म आएर हेर्दा उनि झुण्डिएको अवस्थामा थिईन् ।’

पवित्राका आफन्तहरुले घटना आत्महत्या नभएर हत्या भएको दाबी गरि रहेका छन् । अहिले पवित्राको शब पोस्टमार्टमको लागि त्रिबी शिक्षण अस्पतालमा राखिएको छ । पवित्राको शब घटनास्थलबाट उठाउनुभन्दा पहिले आफुहरुलाई कुनै जानकारी नै नगराई पोस्टमार्टमको लागि लगिएको आफन्तहरु बताउँछन् ।

पवित्राका दाइ कृष्ण प्रताप गुर्धामी भन्छन्, ‘पवित्रको शब उठाउनुभन्दा पहिले हामीलाई जानकारी गराउनु पर्थ्यो । मलाई पनि शबको मुचुल्का उठाईसकेपछि जानकारी आयो । घटना शंकास्पद छ । हामीलाई जानकारी नै नगराई कसरी मुचुल्का उठाईयो? प्रहरीले त्यसरी मुचुल्का उठाउन मिल्दैन । प्रहरी र विद्यालयका प्रधानाध्यापकले सुनियोजित तरिकाले घटनालाई दबाउन खोजेकाछन् ।’

प्रहरीले स्थानिय जनप्रतिनिधिको रोहबरमा शव उठाएको बताएको छ । घटनास्थलमा पुगेका प्रहरीका अनुसार पवित्रा झुण्डिएको अवस्थामा भेटिएकी थिईन् । तर, घटनास्थलमा पवित्राको शव उठाउने रोहबरमा बसेका वडासदस्य लक्ष्मीमणी भट्टाराईले भने पवित्रा भुईमा घोप्टो पल्टेको अवस्थामा देखेको बताए । उनि भन्छन्, ‘मैले पवित्रालाई झुण्डिएको अवस्थामा देखेको होइन । तर प्रहरीले झुण्डिएको भनेर फोटो खिचेका रहेछन् । ढोका खोल्न खोज्दाखेरी उनि झुण्डिएको होकी भन्ने आशंका छ ।’

चर्चामा

सम्बन्धित समाचार