बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • निर्वतमान प्रधानमन्त्री ओलीले आज सरकारी निवास बालुवाटार छाड्दै

निर्वतमान प्रधानमन्त्री ओलीले आज सरकारी निवास बालुवाटार छाड्दै

बिहान ११ बजे बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ र स्वागत गर्दै

  • बुधबार, असार ३०, २०७८
निर्वतमान प्रधानमन्त्री ओलीले आज सरकारी निवास बालुवाटार छाड्दै

काठमाडौं — सर्वोच्च अदालको आदेशले पदमुक्त भएका निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
बिहान ११ बजे ओलीले सरकारी निवास छाड्ने भएका हुन् । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएका थिए। देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए। उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नेछन्।

यो संगै आज ओलीलाई बालुवाटारदेखि निजी निवास बालकोट सम्म उनको पार्टी नेकपा एमालेको ​भातृ संगठन युथ फोर्सका कार्यकर्ताले स्कटिङ गर्ने भएका छन्। एमालेलार्य थप मजवुत वनाउने भन्दै मंगलबार क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो।

एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने तयारी छ। दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम रहेको छ। साथै कौशलटारदेखि बालकोटसम्म जनताले ओलीलाई बाजागाजाका साथ स्वागत गर्ने कार्यक्रम रहेको पनि उनको भनाइ छ।

सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका थिए।

चर्चामा

सम्बन्धित समाचार