शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बुढिनन्दामा प्रधानमन्त्रि रोजगार कार्यक्रम प्रभाबकारि बन्दै

बुढिनन्दामा प्रधानमन्त्रि रोजगार कार्यक्रम प्रभाबकारि बन्दै

विकास निर्माण सँगै रोजगारिको सिर्जना

  • सोमवार, असार २८, २०७८
बुढिनन्दामा प्रधानमन्त्रि रोजगार कार्यक्रम प्रभाबकारि बन्दै

बाजुरा–सरकारले सञ्चालन गरेको प्रधानमन्त्रि रोजगार कार्यक्रमको प्रभाबकारीता बन्दै गएको छ । बाजुराका ९ वटै स्थानिय तहमा सञ्चालन भएको रोजगार कार्यक्रमले विकास निर्माण सँगै रोजगारिको सिर्जना समेत गरेको छ ।
कोरोनाको कहरले भारतमा रोजगार गुमाएकाहरुका लागि यस कार्यक्रमले जिविकोपार्जनमा ठुलो सहयोग पुुगेको बुढिनन्दा नगरपालिका नगर प्रमुख पदम कुमार गिरीले वताएका छन् । कोरोनाले भारतमा काम नपाएर गाउँ फर्केका युवाहरुलाई गाउँमा प्रधानमन्त्रि रोजगार कार्यक्रम सञ्चालन भएपछि काम पाएको नगर प्रमुख गिरीले वताएका छन् । प्रधानमन्त्रि रोजगार कार्यक्रममा योजनाहरु स्थानिय आबश्यकता अनुसार छनोट हुने गरेका छन् । काम गर्ने कामदार पनि बेरोजगार तथा कमजोर परिवारका ब्यक्तिहरु छनोट हुने गरेका छन् ।
बुढिनन्दा नगरपालिकामा आर्थिक बर्ष ०७७।०७८ मा २४ वटा योजनाहरु प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत निर्माण भएका छन् । उक्त परियोजना निर्माणका लागि नगरपालिकामा २ करोड १३ लाख ४ सय रहेको रोजगार संयोजक रमा कुमारी शाहिले वताएकि छन् । योजनाहरुको निर्माण सँगै ४ सय १२ जनाले रोजगार पाएका छन् । दैनिक काम गरे बाफत ५ सय १७ पाएको संयोजक शाहिले वताएकि छन् ।
बुढिनन्दा नगरपालिका प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत निर्माण भएका योजनाहरु पनि प्रभाबकारी रहेको नगरउपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् । बेरोजगारले चरम समस्या भोगिरहेका बेला यो कार्यक्रमले निकै सहयोग पुुगेको रेग्मिले वताईन् । बुढिनन्नदा नगरपालिका वडा नम्बर ७ बस्ने स्थानिय गौरी रावतले भनिन्, एकातिर विकास निर्माण भएको अर्कोतिर रोजगार पाएको वताईन् । कार्यक्रम लागु नहुनु भन्दा पहिला भारत जाने गरेका थिए, अहिले अधिकांश युवाहरु गाउँमै काम पाएपछि नजाने गरेको उनले वताईन् । सरकारले यसरी गाउँमै रोजगार सिर्जना गरेको भए भारत जान बाट छुट्कार हुने उनले वताईन् ।
बुढिनन्नदा नगरपालिकामा ६ वटा बिद्यालयमा घेर बार तथा शौचालय निर्माण, २ वटा सिचाइ कुलो, २ वटा खानेपानी, १२ वटा गोरेटो बाटो र २ वटा बिद्युक्त आयोजना निर्माण भएको प्रधानमन्त्रि रोजगार कार्यक्रममा कार्यरत प्राबिधिक साहयक आयुसा सिंहले वताएकि छन् । निर्माण भएका सबै योजनाहरु रोजगार कार्यक्रममा छनोट भएका ब्यक्तिहरुले काम गरेको सिंहले वताईन् । बुढिनन्दा नगरपालिका १ मा रहेको माझकुलो सिचाइको नहर जिणर् अबस्थामा रहेको थियो । रोजगार कार्यक्रम आएपछि मर्मत गर्दा सञ्चालनमा आएको स्थानिय मनबिर लुवारले वताए । सिचाइ कुलो सञ्चालनमा आएपछि समयमै धान रोप्न पाएको स्थानियले वताएका छन् ।
बाजुरा जिल्ला मानवसुचाङ्क तथा गरिबिमा पुछारमा रहेको जिल्ला हो । यहाँ अधिकांश युवाहरु कामका लागि भारतमा जाने गर्छन्, प्रधानमिन्त्र रोजगार कार्यक्रम लागु भएपछि गाउँमै काम पाउने भएपछि भारत जान छोडेको नागरिक अगुवा तथा ईन्सेक जिल्ला प्रतिनिधि पदम बहादुर सिंहले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार