शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • जीवीकोपार्जन तथा आर्थीक पुर्नउत्थान परियोजना नगरपालिकालाई हस्तान्तरण

जीवीकोपार्जन तथा आर्थीक पुर्नउत्थान परियोजना नगरपालिकालाई हस्तान्तरण

  • आइतवार, असार २७, २०७८
जीवीकोपार्जन तथा आर्थीक पुर्नउत्थान परियोजना नगरपालिकालाई हस्तान्तरण

जंग रावल —  बुढिनन्दा नगरपालिकामा कोभिड १९ जीवीकोपार्जन तथा आर्थीक पुन उत्थान परियोजनालाइ नगरपालिकामा हस्तान्तरण गरिएको छ । नगरपालिकामा कोभिड १९ जिविकोपार्जन तथा आर्थिक पुनर्उत्थान परियोजना नगद सहायता -कामका लागि नगद कार्यक्रम सञ्चालन रहेको थियो ।
परियोजना बुढिनन्दा नगरपालिकामा १५ नोभेम्बर २०२० देखि १५ जुन २०२१ सञ्चालनमा भएको थियो । बुढिनन्दा नगरपालिका लगायत ५ वटा स्थानिय तहमा उक्त परियोजना सञ्चालनमा रहेको थियो । आर्थिक सहयोग बेलायत सरकार संयुक्त राष्ट्रसंघीय विश्वखाद्य कार्यक्रम र एकीकृत विकास समाज (आई.डि.एस.) नेपाल द्वारा स्थानीय सरकार सँगको सहकार्यमा सञ्चालनमा रहेको थियो ।
कार्यक्रममा कार्यक्रमको रिपोट आइ डि एस नेपाल मार्फत नगरपालिका नगरप्रमुख पदम कुमार गिरीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमा बोल्दै नगरप्रमुख गिरीले कोभिड १९ जीवीकोपार्जन तथा आर्थीक पुन उत्थान परियोजनालले नगरपालिकामा ठुलो सहयोग भएको बताए । बाजुरामा नमुना काम गरेकोले फेरी पनि उक्त संस्थाले बाजुरामा पुन काम गर्नका लागि पहल गर्न आग्रह गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा नगरप्रमुख पदम गिरी र उपप्रमुख सृष्टि रेग्मीले यो परियोजनाले योजना गुणस्तर तथा सिकाइ भएको बताए । नगरपालिकामा सञ्चालन भएका योजनाहरु प्रभाबकारी रहेको उप प्रमुख रेग्मी वताईन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढा, वडा अध्यक्ष तथा प्रबक्ता कृष्णराज पाध्याय, पत्रकार महासंघ बाजुरा शाखाका निर्वतमान अध्यक्ष प्रकाश सिंह, विश्वखाद्य कार्यक्रमका अरुण घले, सोनाम वालाय श्रेष्ठ आईडिएस नेपालका तारा बाबु खातिको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार