बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ८५ प्रतिशत धान रोपाई सकियो

बाजुरामा ८५ प्रतिशत धान रोपाई सकियो

  • शनिबार, असार २६, २०७८
बाजुरामा ८५ प्रतिशत धान रोपाई सकियो
फाइल तस्बिर

बाजुरा — बाजुरा जिल्लामा ८५ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ८५ प्रतिशत स्थानमा धान रोपाई सकिएको जनाएकाे छ । कृषि ज्ञान केन्द्र बाजुराकाे तथ्याङ्कअनुसार जिल्लाभर कुल खेतीयोग्य जमिनमा धान राेपाइ कार्य सम्पन्न भइकाे कृषी ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जाेशीले बताएका छन ।

जिल्लाकाे पुर्बि उत्तर क्षेत्रमा पानी कम पर्ने र सिंचित क्षेत्र नभएकाेले  स्वामिकार्तिक खापर गाउँपालिकाकाे वाइ, हिमाली गाउँपालिकाकाे केही भाग जगन्नाथ गाउँपालिकाकाे केही क्षेत्रमा राेपाइ नभएकाे कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जाेशीले बताए । साे क्षेत्रमा अाकाशे पानीकाे भरमा रहेकाेले १५ प्रतिशत राेपाइ कम भएकाे बताएका छन ।  पुर्बि उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाकाे वाइ लगायतका क्षेत्रमा भने  वर्षाको पानीले रोपाइँ गरौँला भन्ने आशमा बस्नु पर्ने अवस्थामा  छन् ।

बाजुरा जिल्लामा यस वर्ष समयमै मनसुन शूरु भएपछि यस वर्ष धान रोपाई ८५  प्रतिशत भएको हाे  । बाजुरामा वर्षेनी जेठ महिनाको पहिलो साताबाट सिचिंत क्षेत्रमा धान रोपाई सूरु हुने गर्दछ । यस वर्ष जिल्लामा मनसुन सक्रिय भएकै कारण समयमै जिल्लाका सवै सिंचित क्षेत्रमा धान रोपाई सय प्रतिशत भएको हो ।

बाजुरामा यस बर्ष सययमै मनसुन शुरू भएको र त्यसपछि पनि नियमित रूपमा पानी परिरहेकोले धान रोपाई  सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाेबिन्द सिजापतीले बताएका छन । कृषि ज्ञान केन्द्र प्रमुख सिजापतीका  अनुसार बाजुरा जिल्लामा धान खेतिका लागि  कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको बताएका छन। त्यस्तै कुल खेति गरिएको जमिन २६१६० हेक्टर छ । कुल खेति गरिएको क्षेत्रफलको २७.६३५ मा धान खेती गरिएको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार