शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमाली
  • गाउँपालिकालाई खप्तड छेडेदह स्तरिय बाल संजालले ६ बुँदे माग पत्र बुझायो

गाउँपालिकालाई खप्तड छेडेदह स्तरिय बाल संजालले ६ बुँदे माग पत्र बुझायो

  • शुक्रबार, असार २५, २०७८
गाउँपालिकालाई खप्तड छेडेदह स्तरिय बाल संजालले ६ बुँदे माग पत्र बुझायो

चक्र बहादुर अएडी — जिल्लाको खप्तड छेडेदह गाउँपालिका स्तरिय बाल संजालको मासिक बैठक सम्पन्न भएको । बाल संजालको स्थापनाकाल देखिनै संचालन गरिदै आएको मासिक बैठकमा शुक्रबार बसेको बैठकले गाउँपालिकालाई ६ बुदे माग बुझाएको छ ।
शुक्रबार बसेको बैठकमा बालविबाह न्युनिकरण गर्नको लागि तथ्याङक संकलन गरिएको बाल संजालले जनाएको छ । खप्तड छेडेदह गाउँपालिकामा २०७५ असार देखि २०७६ असारमा ११८ जना बालबालिकाले बाल विवाह गरेको रेकर्ड रहेको छ । त्यस्तै २०७६ असार देखि २०७७ सम्म ३१ जना र २०७७ देखि २०७८ सम्म बालविबाह घटेर १३ जनामा झरेको तथ्याङकमा उल्लेख गरिएको छ ।
यसरि पछिल्लो समय बालविबाह गर्ने बालबालिकाको संख्या बर्षेनि घटीरहेको देख्न सकिन्छ । त्यसैगरि १० जना बालविबाह गर्ने बालबालिकाहरुलाई प्रहरिको निगरानिमा परिवारको जिम्मा लगाएको खप्तड छेडेदह स्तरिय बाल संजालका अध्यक्ष मिन बहादुर खड्काले बताए । अध्यक्ष खड्काका अनुसार बालविबाह गरेका १० जना मध्ये तीन जनालाई अलग अलग ठाउँमा राखेर पढाईरहेका र सात जनाले पुन विबाह गरिसकेका छन ।
पछिल्लो समयदेखि संक्रिय रुपमा लागेको बाल संजालले अव सम्पुर्ण गाउँपालिकालाई बालविबाह मुक्त गाउँपालिका बनाउने उदेश्यका साथ लागि परेको बाल संजालले बताएको छ । शुक्रबार बसेको गाउँपालिका स्तरिय बालसंजालको बैठक बाट विभिन्न ६ ओटा निर्णय गरि गाउँपालिकालाई बुझाएको छ ।
१ गरिव तथा विपन्न वर्गका बालबालिका तथा हिंसा पिडित बालबालिकाहरुलाई राहात वितरण गरिने ।
२ बालविबाह न्युनिकरण कार्यक्रम अन्तरर्गत २० बर्ष नपुगुन्जेल सम्म विवाह नगरि पढाईलाई निरन्तरता दिने किशोरीलाई छात्रबृतिको व्यवस्था गरिने ।
३ यौन दुरव्यवहार बाट बच्नका लागि किशोरीहरुलाई आत्मसुरक्षा तालिम दिईने ।
४ गाउँपालिका भित्रमा रहेका प्रत्येक माद्यायमिक विद्यालयमा किशोरीलाई महिनावारी स्वच्छता सम्वन्धि अभिमुखिकरण तालिम प्रदान गरिने ।
५ कोरोना भाईरस कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको असरलाई अध्यन गरि प्रत्यक विद्यालयमा टिउसन कलासको व्यवस्था गरिने ।
६ गाउँपालिका स्तरिय बाल संजालको लागि एक कोठे भवनको माग गर्ने ।
खप्त छेडेदह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण राज जोशीले सो मागहरु बुझ्दै सम्पुर्ण मागहरु जाएज भएको भन्दै केहि मागहरु पुरा गरिने आश्वासन दिनु भएको छ । त्यस्तै गाउँपालका अध्यक्ष नर बहादुर रावतले बालसंजालले गरेको कामप्रति सन्तुस्ट भएको भन्दै गाउँपालिकाबाट हुने सहयोगमा कुनै कुन्जुस्याई नगरि साथ सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार